मेगा बैंकको लाभांश परिमार्जन, अब बोनस र नगद कति ? « Arthapath.com
१३ मंसिर २०७९, मंगलवार

मेगा बैंकको लाभांश परिमार्जन, अब बोनस र नगद कति ?



काठमाडौं । मेगा बैंकको लाभांश परिवर्तन भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ४ प्रतिशत अर्थात ६४ करोड ४८ लाख १८ हजार ४५८ रुपैयाँ बोनस र ३.८३ प्रतिशत अर्थात ६१ करोड ७४ लाख १३ हजार ६७३ रुपैयाँको नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय पारितका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकमा पठाएकोमा राष्ट्र बैंकले नगद लाभांश ६१ करोड २ लाख ४३ हजार २८० मात्र मात्र स्वीकृत गरेको हो ।

अब उक्त प्रस्ताव बैंकको आगामि वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र बैंकका शेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्