नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता स्वीकृत « Arthapath.com
१३ मंसिर २०७९, मंगलवार

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता स्वीकृत



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट लिमिटेड र मेगा बैंक लिमिटेडबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता स्वीकृत भएको छ । दुबै बैंक सञ्चालक समितिको मंसिर १३ गते बसेको बैठकले मर्जरको प्रकृयाको लागि तयार भएको अन्तिम सम्झौता स्वीकृत भएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच गत जेठ २७ गते १००ः९० को स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो । हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३१ करोड र मेगा बैंकको १६ अर्ब १२ करोड रुपैयाँ रहेको छ ।

मर्जरपछि बन्ने बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे बन्ने सहमति भएको छ भने बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहने सहमति भएको छ ।


प्रतिक्रिया दिनुहोस्