एनएमबि बैंकले गर्यो लाभांश घोषणा, नगद लाभांश कति ? « Arthapath.com
२० मंसिर २०७९, मंगलवार

एनएमबि बैंकले गर्यो लाभांश घोषणा, नगद लाभांश कति ?



काठमाडौं । एनएमबि बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

बैंकको मंसिर १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाछ आफ्ना शेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको ८.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) समेत वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपश्चात बैंकको आगामि साधारण सभाले पारित गरे पछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्