९.४७ प्रतिशतले बढ्यो निर्जीबन बीमा कम्पनीको पुनर्बीमा कमिसन आय, कसले कति कमाए ? (सूचीसहित) « Arthapath.com
२० मंसिर २०७९, मंगलवार

९.४७ प्रतिशतले बढ्यो निर्जीबन बीमा कम्पनीको पुनर्बीमा कमिसन आय, कसले कति कमाए ? (सूचीसहित)



काठमाडौं । निर्जीबन बीमा कम्पनीहरुको पुनर्बीमा कमिसन आय वृद्धि भएको छ । संचालनमा रहेका १७ वटा निर्जीबन बीमा कम्पनीहरुले तीन महिनामा पुनर्बीमा कमिसनबाट १ अर्ब २२ करोड ७० लाख रुपैयाँ आम्दानी गरेका छन् ।

कम्पनीहरुको वित्तीय विवरण अनुसार गत वर्षको असोज मसान्तसम्मको तुलनामा भने यो आम्दानी ९.४७ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीहरुको पुनर्बीमा कमिसन आय १ अर्ब १२ करोड ८ लाख रुपैयाँ रहेको थियो ।

नेपालमा पुनर्बीमाका लागि दुई कम्पनी स्थापित छन् । पुनर्बीमा अमिशन वृद्धिको प्रत्यक्ष हिस्सा नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सको रहेको छ ।

बीमा कम्पनीहरुको लागि पुनर्बीमा कमिशन पनि एउटा प्रमुख आय हो । डाइरेक्सेसन, केही जोखिमपुर्ण रुपमा विदेशी पुनर्बीमा कम्पनीमा हस्तान्तरण गर्नु परेकाले पनि कमिशन बढेको हो । जति धेरै जोखिम बापत पुनर्बीमा शुल्क बाहिर पठाइन्छ सोही अनुपातमा कमिसन पनि धेरै आउने गर्दछ ।

चालु आवको तीन महिनामा पुनर्बीमा कसिसनबाट सबैभन्दा धेरै आम्दानी शिखर इन्स्योरेन्सले गरेको छ । सो अवधिमा कम्पनीले १६ करोड ४३ लाख २९ हजार रुपैयाँ आम्दानी गरेको हो । जुन गत वर्षको असोज मसान्तसम्मको तुलनामा सामान्य (२.९९ प्रतिशतले ) बढी हो ।

चालु आवको तीन महिनामा सबैभन्दा धेरै पुनर्बीमा कसिसन आय वृद्धि गर्नेमा ओरियण्टल इन्स्योरेन्स रहेको छ । कम्पनीले उक्त अवधिमा सो आम्दानी १०२.१८ प्रतिशतले वृद्धि गरि ४ करोड ८ लाख ४६ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको असोज मसान्तसम्ममा भने कम्पनीको यो आय २ करोड २ लाख रुपैयाँ मात्र रहेको थियो ।

सो अवधिमा सानिमा जिआईसी इन्स्योरेन्सको पुनर्बीमा कमिसन आय ७८.८८ प्रतिशतले वृद्धि भई ८ करोड ८५ लाख, लुम्बिनी जनरलको ६५.२९ प्रतिशतले बढेर ८ करोड ५ लाख, प्रुडेन्सियलको ३४.५५ प्रतिशतले वृद्धि भई ५ करोड ३२ लाख, नेको इन्स्स्योरेन्सको ३०.८१ प्रतिशतले बढेर ८ करोड ८९ लाख र आइएमई जनरलको ३० प्रतिशतले वृद्धि भई ६ करोड ८३ लाख रुपैयाँ पुगेको छ ।

यस्तै, चालु आवको सो अवधिमा पाँच वटा निर्जीबन बीमा कम्पनीहरुको पुनर्बीमा कमिसन आय घटेको छ । गत वर्षको असोज मसान्तसम्मको तुलनामा युनाईटेड इन्स्योरेन्सको पुनर्बीमा कमिसन आय ३३.९५ प्रतिशत, सिद्धार्थ इन्स्योरेन्सको १५.९८ प्रतिशत, प्रिमियरको १५.२९, अजोडको ८.५१, सगरमाथाको ४.३६ प्रतिशतले कमी देखिएको छ । चालु आवको पहिलो तीन महिनामा यी पाँच वटा कम्पनीहरुले पुनर्बीमा कमिसनबाट क्रमशः ३ करोड ३६ लाख रुपैयाँ, ९ करोड ३२ लाख, ६ करोड ८३ लाख, ५ करोड ७१ लाख, ९ करोड १७ लाख रुपैयाँ आम्दानी आर्जन गरेका छन् ।

त्यसैगरि चालु आवको असोज मसान्तसम्ममा एनएलजी इन्स्योरेन्सको पुनर्बीमा कमिसन आय ९ करोड ७७ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीको ७ करोड ८४ लाख, हिमालयन एभरेष्टको ७ करोड ४४ लाख, नेपाल इन्स्योरेन्सको ५ करोड ६१ लाख र प्रभु इन्स्योरेन्सको ५ करोड ७ लाख रुपैयाँ रहेको छ ।

कुनको कम्पनीको पुनर्बीमा कसिमन आय कति ?


प्रतिक्रिया दिनुहोस्