एनएमबि बैंकको लाभांश इतिहाँसः दुई वर्ष बाहेक सेयरधनीको छैन हात खाली, कुन वर्ष कति बाँड्यो ? « Arthapath.com
२० मंसिर २०७९, मंगलवार

एनएमबि बैंकको लाभांश इतिहाँसः दुई वर्ष बाहेक सेयरधनीको छैन हात खाली, कुन वर्ष कति बाँड्यो ?



काठमाडौं । अहिले लाभांश सिजन चलिरहेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना सेयरधनीलाई धमाधम लाभांश घोषणा गरिरहेका छन् ।

यसैक्रममा मंगलबार एनएमबि बैंकले पनि गत आर्थिक वर्ष २०७८/७९ मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।

बैंकको मंसिर १९ गते बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत नगद लाभांश मात्रै बाड्ने निर्णय गरेको हो । यस वर्ष बैंकका सेयरधनीहरुले बोनस सेयर भने पाउने छैनन् ।

अघिल्लो आव २०७७/७८ मा भने बैंकले १२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.३ प्रतिशत गरि कुल १५.८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बैंकले विगत १८ वर्षे लाभांश इतिहाँस हेर्ने हो भने अधिकांश वर्ष बोनसमा जोड दिएको देखिएको छ । आज हामीले बैंकको आव २०६०÷६१ देखि यताको लाभांश इतिहाँसको बारेमा जानकारी गएका छौं ।

बैंकले आव २०६०÷६१ मा आफ्ना सेयरधनीलाई ३० प्रतिशत मात्र नगद लाभांश, आव २०६१/६२ मा भने ३१.५८ प्रतिशत बोनस सेयर मात्रै वितरण गरेको थियो ।
बैंकले हालसम्म सबैभन्दा बढी लाभांश आव २०७५÷७६ मा वितरण गरेको छ । सो आवमा बैंकले आफ्ना सेयरधनीलाई १४ प्रतिशत नगद लाभांश र २१ प्रतिशत बोनस सेयर गरि कुल ३५ प्रतिशत लाभांश वितरण गरेको छ ।

बैंकले आव २०६५/६६ र आव २०६८/६९ मा भने आफ्ना सेयरधनीहरुको हात खाली बनाएको थियो । सो दुई आवमा बैंकले कुनै पनि लाभांश वितरण नगरेको हो ।

बैंकले कुन वर्ष कति बाड्यो त लाभांश ?


प्रतिक्रिया दिनुहोस्