हालसम्म पाँच लघुवित्तले बनाए शेयरधनी मख्ख, कुनले कति दिए लाभांश ?

काठमाडौं । अहिले बजारमा लाभांश सिजन चलि रहेको छ । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश खुवाइ रहेका छन् । अहिलेसम्म ५ लघुवित्तले मा लाभांश घोषणा गरेका छन् ।
साधारणतया पुस मसान्तसम्म सबै कम्पनीहरुले साधारण सभा सक्नु पर्ने प्रावधान रहे पनि यस वर्ष धेरै कम लघुवित्त कम्पनीहरुले मात्रै साधारण सभा बोलाएछन् ।
जाल्पा सामुदायिक लघुवित्त
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ७३ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनका लागि ३.८४२१ प्रतिशत नगद लाभांश दिने भएको हो ।
आरएमडीसी लघुवित्त
आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्तााव गरेको हो । कम्पनीको मंसिर १९ गते बसेको संचालक समितिको बैठकले शेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको २६ प्रतिशत बोनस र १.३६८४ प्रतिशत नगद लाभांश गरी कुल २७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । लघुवित्तको मंसिर १५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
साना किसान विकास लघुवित्त
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो । कम्पनीको मंसिर १९ गते बसेको संचालक समितिको बैठकले २६ प्रतिशत बोनस र १.३६८४ प्रतिशत नगद लाभांश गरी कुल २७.३६८४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
आरएसडिसी लघुवित्त
आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ११ प्रतिशत लाभांश दिने भएको हो । कम्पनीको मंसिर १० गते शनिबार बसेको संचालन समितिको बैठकले गत आवको मुनाफाबाट ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
यी ५ लघुवित्तले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पश्चात कम्पनीको आगामि साधारण सभाले पारित गरे पछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।