साधना लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, एसईई उत्तिर्णलाई समेत अवसर « Arthapath.com
२२ मंसिर २०७९, बिहीबार

साधना लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, एसईई उत्तिर्णलाई समेत अवसर



काठमाडौंं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले बिहिबार एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि ठूलो संख्या कर्मचारी माग गरेको हो ।

लघुवित्तले अधिकृत/सहायक अधिकृत (आन्तरिक लेखापरीक्षण विभाग), अधिकृत/सहायक अधिकृत (कर्जा असुली विभाग), सुरभाईजर/बरिष्ठ सहायक/सहायक, ब्यवस्थापन प्रशिक्षार्थी/सहायक प्रशिक्षार्थीमा केही संख्यामा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता एसईई उत्तिर्णदेखि स्नातक तह उत्तिर्णसम्मको कर्मचारी मागेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (मंसिर २२ गते) ले १५ दिन भित्र कम्पनीमो बेवसाइट  https://sadhanalaghubitta.com.np/ मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्