राष्ट्र उत्थान लघुवित्तको संचालक समितिको अध्यक्षमा चिरन्जीवी बुढा क्षेत्री नियुक्त

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक समितिको अध्यक्षमा चिरन्जीवी बुढा क्षेत्रीलाई नियुक्त गरेको छ ।
कम्पनीको मंसिर २३ गते बसेको संचालक समितिको बैठकले अध्यक्षको रुपमा कार्यरत स्वतन्त्र संचालक प्रल्हाद मान मालीले ब्यक्तिगल कारण देखाई पेश गरेको राजीनमा स्वीकृत गर्दै क्षेत्रीलाई संचालक समितिका अध्यक्षमा नियुक्त गरेको हो ।
क्षेत्रीलाई संस्थाको नियमावलीको नियम २७ को उप नियम ७ बमोजिम सर्वसम्पती संचालक समितिको अध्यक्षमा चयन गरेको हो ।
