मेरोमाइक्रोफाइनान्स लघुवित्तका शेयरधनी मख्ख, कति दियाे बोनस र नगद ? « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

मेरोमाइक्रोफाइनान्स लघुवित्तका शेयरधनी मख्ख, कति दियाे बोनस र नगद ?



काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभाशं घोषण गरेको हो ।

कम्पनीको पुष ५ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १० प्रतिशत बोनस र १० प्रतिशत नगद कर प्रयोजनका लागि गरी २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ कम्पनीको आगामि साधारण सभाले पारित गरे पछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्