प्राइम कमर्सियल बैंकले क्यान्सर केयर फाउन्डेसनलाई दियो यन्त्र उपकरण जडित मोबाइल भ्यान

काठमाडौं । अर्बुद (क्यान्सर) रोग नेपालमा मात्र होइन, विश्व स्वास्थ्य क्षेत्रकै ठूलो चुनौतीको रुपमा देखिएको छ । अर्बौ डलर खर्चिएर थुप्रै अनुसन्धान कार्यहरु भैरहेपनि यस घातक रोगको उपचारका लागि उपयुक्त औषधिको पत्ता लगाउन संभव भएको छैन । तर, पनि समयमै यस रोगको पहिचान हुन सकेमा उपचार गराउन संभव भैरहेको आशा लाग्दो अवस्था पनि देखिएको छ ।
हाम्रो देशमा पनि दुर्गम गाउँ तथा कुना कन्दराको त के कुरा, शहरका टोल टोलमा समेत पहिला नै आवश्यक नियमित जाँच गर्ने प्रचलन छैन । यसले गर्दा कतिपयले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था भोगिरहेको यहाँहरुलाई जानकारी नै छ । गाउँ तथा शहरी क्षेत्रका पनि महिलाहरु, विशेषगरी स्तन र पाठेघरको क्यान्सर, अझ बढि जोखिममा रहेका छन् ।
“नेपाल क्यान्सर केयर फाउन्डेसन” संस्थाले गाउँ तथा शहरी क्षेत्रमा पनि स्वास्थ्य पहुँच तथा चेतना कम भएका टोल टोलमा पुगेर महिलाहरुमा हुने स्तन र पाठेघर क्यान्सर परीक्षणमा ठोस योगदान पु¥याइ रहेको परिप्रेक्षमा फाउन्डेसनको कार्यलाई सहजीकरण गर्न र परीक्षणको दायरा बढाउन परीक्षणका लागि आवश्यक यन्त्र उपकरण जडित मोबाइल भ्यान प्राइम कमर्सियल बैंकले आज एक समारोहका बीच बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले “नेपाल क्यान्सर केयर फाउन्डेसन” लाई हस्तान्तरण गरेका छन् ।
बैंकको यो सानो सहयोगले हाम्रा आमा, दिदी, बहिनीलाई हुन सक्ने क्यान्सर रोगको समयमै निदान गर्ने र समयमै उपचार गर्न सहयोग गर्दा जनधनको क्षतिमा न्यूनीकरण गर्नसम्बद्ध सबैलाई उल्लेख्य सहयोग पुग्नेछ भन्ने विश्वास लिएको छ ।