मर्जरबाट नै बैंकहरु थप बलियो बन्दै गएका छन : कार्यबहाक अध्यक्ष केसी

काठमाडौं । नेपाल बैंकर्स सघंका कार्यबहाक अध्यक्ष सुनिल केसीले मर्जरबाट नै बैंकहरु बलियो बन्दै गएको बताएका छन् ।
कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) मर्जपछि वित्तीय कारोबार शुभारम्भ कार्यक्रममा कार्यबहाक अध्यक्ष केसीले यस्तो बताएका हुन् ।
उनले मर्जर सम्झौता गरेको ६५ दिनमै सफल भएकाले देशको आर्थिक उत्थानमा ठुलो सहयोगग पुर्याउने बताए । सोही अवसरमा यसका लागि थप केही सहकार्यका लागि बैंकर्स संघ तयार रहेको पनि केसीले जानकारी गराए ।
कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले आजदेखि (पुस १७) एकीकृत कारोबार सुरु गरेका छन् । मर्जर पश्चात बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको केन्द्रीय कार्यालय रहेको स्थान टंगालमा रहने छ । यी दुई बैंक एक आपसमा गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।