नेपालको बैंकिङ प्रणालीमा नयाँ रेकर्ड: हालसम्मकै उच्च बिन्दुमा पुग्यो निक्षेप, सुस्तायो कर्जा प्रवाह « Arthapath.com
२२ पुष २०७९, शुक्रबार

नेपालको बैंकिङ प्रणालीमा नयाँ रेकर्ड: हालसम्मकै उच्च बिन्दुमा पुग्यो निक्षेप, सुस्तायो कर्जा प्रवाह



काठमाडौं । नेपाली बैंकिङ प्रणालीमा एकै दिनमा ७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । गत बुधबार बैंकिङ प्रणाली (क, ख र ग बर्गका बैंक) मा सो बराबरको निक्षेप थपिएको हो ।

७ अर्ब रुपैयाँ बराबरको निक्षेप थपिदाँ कुल निक्षेप भने ५३ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो । नेपालको बैंकिङ प्रणालीमा पहिलो पटक ५३ खर्ब रुपैयाँ माथिको निक्षेप कायम भएको हो । नेपाल राष्ट्र बैंकबाट प्राप्त पछिल्लो तथ्यांकले यस्तो देखाएको छ ।

मंगलबारसम्म भने बैंकिङ प्रणालीमा ५२ खर्ब ९५ अर्ब रुपैयाँ निक्षेप थियो । यो अवधीमा कर्मशिलय बैंकको निक्षेप मात्रै ४६ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ । मंगलबारसम्म त्यो ४६ खर्ब ६८ अर्ब रुपैयाँ रहेको थियो । त्योअनुसार बुधबार कर्मशिलय बैंकहरुमा मात्रै निक्षेप बढेको देखिन्छ । राष्ट्र बैंकका अनुसार अन्य बैंक तथा वित्तिय संस्थाहरुको निक्षेप भने ६ खर्ब २७ अर्ब रुपैयाँ रहेको छ ।

यस्तै, बैंकहरुको कुल कर्जा प्रवाह ४७ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ । मंगलबारसम्म पनि कुल कर्जा प्रवाह ४७ खर्ब ६७ अर्ब रुपैयाँ नै रहेको थियो, त्योअनुसार पछिल्लो समय कर्जा प्रवाह सुस्ताएको देखिन्छ ।

कुल कर्जामा बाणिज्य बैंकहरुले मात्रै ४२ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अन्य बैंक तथा वित्तियहरुले भने ५ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यस्तै, बुधबारसम्म कर्जा निक्षेप (सीडी) अनुपात भने ८६.५६ प्रतिशत कायम भएको छ । नयाँ नियमअनुसार बैंकहरको सीडी रेसियो अधिक्तम ९० प्रतिशतसम्म मात्रै हुनुपर्नेछ । त्योअनुसार पछिल्लो समय बैंकहरु कर्जा प्रवाह गर्ने स्थितीमा रहेको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्