बैंकिङ्ग प्रणालीमा एकदिनमै थपियो ५ अर्ब निक्षेप : ३ अर्ब मात्रै कर्जा लगानी, सीडी रेसियो कति ? « Arthapath.com
२५ पुष २०७९, सोमबार

बैंकिङ्ग प्रणालीमा एकदिनमै थपियो ५ अर्ब निक्षेप : ३ अर्ब मात्रै कर्जा लगानी, सीडी रेसियो कति ?



काठमाडौं । पछिल्लो समय नेपाली बैंकिङ्ग प्रणालीमा निक्षेप बढ्न थालेको छ । नेपाल बैंकको तथ्याङ्क अनुसार बैंकिङ्ग प्रणालीमा एकदिनमै ६ अर्ब निक्षेप थपिएको हो ।

एकदिनमै सो बराबरको निक्षेप थपिँदा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५३ खर्ब २० अर्ब रुपैयाँ पुगेको हो । यो निक्षेप अहिलेसम्मकै उच्च हो । पुस २३ गतेसम्मको तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाहरुमा भने कुल ५३ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुमा पनि निक्षे एकदिनमै ५ अर्ब रुपैयाँले बढेर कुल निक्षेप ४६ खर्ब ९० अर्ब रुपैयाँ पुगको छ । यो राष्ट्र बैंकको पुस २४ गतेसम्मको तथ्याङ्क अनुसार हो । पुस २३ गतेसम्म भने वाणिज्य बैंकहरुमा ४६ खर्ब ८५ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह पनि वृद्धि भएको छ । पुस २३ गते ४७ खर्ब ७० अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह एकदिनमै ३ अर्ब रुपैयाँले बढेको हो । पुस २४ गतेसम्म भने बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ४७ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ ।

सो अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह सोही आधारमा बढेको हो । बैंकहरुको कर्जा प्रवाह ३ अर्ब रुपैयाँले बढेर ४२ खर्ब २६ अर्ब रुपैयाँ कायम भएको छ ।

सो अवधिमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) भने ८६.४० प्रतिशत कायम भएको छ । राष्ट्र बैंकको नयाँ नियमअनुसार बैंकहरुको सीडी रेसियो अधिकतम ९० प्रतिशतसम्म मात्रै हुनुपर्नेछ । त्योअनुसार पछिल्लो समय बैंकहरु कर्जा प्रवाह गर्ने स्थितिमा देखिन्छन् ।


प्रतिक्रिया दिनुहोस्