मर्चेण्ट बैंकिङ्ग सेवाको ऐतिहासिक ३० वर्षे कार्यकाल पूरा, सनराइज क्यापिटलले दियो यस्तो छुट योजना « Arthapath.com
१ माघ २०७९, आईतवार

मर्चेण्ट बैंकिङ्ग सेवाको ऐतिहासिक ३० वर्षे कार्यकाल पूरा, सनराइज क्यापिटलले दियो यस्तो छुट योजना



काठमाडौं । मर्चेण्ट बैंकिङ्ग सेवाको ऐतिहासिक ३० वर्षे कार्यकाल पूरा गरेको छ

नेपालको मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्ने पहिलो कम्पनीका रुपमा बि. सं. २०४९ माघ १ गतेका दिन एन.आई.डि.सि. क्यापिटल मार्केट्स लिमिटेडको नामबाट संचालनमा आएकोमा बि. सं २०६७ मा एन.आई. डि. सि. क्यापिटल मार्केट्स लिमिटेडको सहायक कम्पनीका रुपमा एन. सि. एम. मर्चेण्ट बैकिङ्गको नाममा दर्ता कायम भई आप्mनो मर्चेण्ट बैंकिङ्ग कारोवारलाई निरन्तरता दिंदै आईरहेको र सनराईज बैंंक लिमिटेडले बि. सं. २०७३ माघ २८ मा प्राप्ती गरे पश्चात् यस कम्पनी सनराईज बैंकको सहायक कम्पनीका रुपमा सनराईज क्यापिटल लिमिटेडको नामबाट नेपालको पुँजी बजारको विकास र विस्तारमा निरन्तर टेवा पु¥याउदै मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको ३० वर्ष पूरा भएकोे छ ।

मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको ३० वर्ष पूरा गरेको उपलक्ष्यमा २०७९ साल माघ १ गतेदेखि बिभिन्न सेवाहरुमा छुटका योजनाहरु ल्याएको छ ः

  1. निःशुल्क डिम्याट खाता ३० दिनका लागि
    2. निःशुल्क मेरो शेयर खाता ३० दिनका लागि
    3. लगानी व्यवस्थापन सेवाको Entry Load शुल्कमा तीन वर्षका लागि ३० प्रतिशत छुट
    4. ३० लाख र सो माथिको लगानी व्यवस्थापनका लागि Entry Load ३० दिनका लागि निःशुल्क
    5. Custodial service को प्रशासनिक शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट
    6. पहिलो ३० जना ग्राहकहरुलाई निःशुल्क  Custodial service / Portfolio counseling,
    7. संस्थागत परामर्श शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट

नेपालमा पहिलो सामुहिक लगानी कोषको शुरुवात गरेको इतिहासलाई कायम राख्दै यस कम्पनीले हाल दुई वटा म्युचुअल फण्ड “सनराईज फस्र्ट म्युचुअल फण्ड” र “सनराइज ब्लूचिप फण्ड” को व्यवस्थापन गर्दै आईरहेको छ भने नयाँ म्युचुअल फण्ड “सनराईज फोकष्ड ईक्विटी फण्ड” निष्काशनको क्रममा रहेको छ । हाल कम्पनीले मर्चेण्ट बैंकिङ्ग कारोवार अन्तर्गत नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी शेयर निष्काशन तथा विक्रि प्रबन्धक, कोष व्यवस्थापक, शेयर रजिष्ट्रार, शेयर प्रत्याभूती, निक्षेप सदस्य, लगानी व्यवस्थापन, लगानी परार्मश सेवाको कार्य गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्