दोस्रो कार्यकालका लागि सिटिजन बैंकको सीईओमा पोखरेलले पाए निरन्तरता « Arthapath.com
१८ माघ २०७९, बुधबार

दोस्रो कार्यकालका लागि सिटिजन बैंकको सीईओमा पोखरेलले पाए निरन्तरता



काठमाडौं । सिटिजन बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा गणेशराज पोखरेल नियुक्त भएका छन् ।

बैंकको सीईओमा पोखरेल दोस्रो कार्यकालका लागि नियुक्त भएका हुन् । बैंकको सञ्चालक समितिले पोखरेललाई पुनः थप ४ वर्षे कार्यकालका लागि नियुक्ति गरेको हो ।

उनी बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित छन् । पोखरेलले त्रिभुवनविश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानूनमा स्नातक तथा काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् ।

बैंकका सीईओ राजनसिंह भण्डारीको कार्यकाल समाप्त भएपछि २०७५ चैत १८ गतेबाट लागू हुने गरि बैंकको सीईओ नियुक्त भएका थिए ।

पोखरेलको पहिलो कार्यकाल आगामी चैत १८ गते सकिन लागेको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार कुनै पनि बैंकमा दुई कार्यकालसम्म सीईओ बन्न मिल्ने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्