बैंकहरुले सरकारलाई बुझाए १४ अर्ब आयकर: सबैभन्दा धेरै नबिलले तिर्यो, शीर्षस्थानमा ३ बैंक, कुनको कति ? « Arthapath.com
२२ माघ २०७९, आईतवार

बैंकहरुले सरकारलाई बुझाए १४ अर्ब आयकर: सबैभन्दा धेरै नबिलले तिर्यो, शीर्षस्थानमा ३ बैंक, कुनको कति ?



काठमाडौं । वाणिज्य बैंकहरुले सरकारलाई ६ महिनामा झण्डै १४ अर्ब रुपैयाँ आयकर बुझाएका छन् ।

चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले गरेको आम्दानी बापत सरकारलाई १३ अर्ब ९३ करोड ७३ लाख ९० हजार रुपैयाँ आयकर बुझाएका छन् ।

गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने १.२८ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा बैंकहरुले सरकारलाई १४ अर्ब ११ करोड ७५ लाख रुपैयाँ आयकर बुझाएका थिए ।

बैंक तथा वित्तीय संस्थाहरुले आम्दानीको ३० प्रतिशत कर तिर्नुपर्ने पर्छ । बैंकहरुले करपछिको नाफामा १० प्रतिशत कर्मचारी बोनस छुट्याएपछि आउनेमा ३० प्रतिशत आय कर सरकारलाई बुझाउनु पर्ने प्रवाधान छ ।

बैंकहरु सरकारलाई बुझाउने आयकर गत असोज महिनाको तुलनामा भने ७७.३६ प्रतिशत अर्थात ६ अर्ब ७ करोड ८९ लाख रुपैयाँले बढी हो । गत असोज महिनासम्ममा बैंकहरुले ७ अर्ब ८५ करोड ८४ लाख रुपैयाँ आयकर सरकारलाई बुझाएका थिए ।

नबिलले तिर्यो सबैभन्दा धेरै आयकर

चालु आवको ६ महिनामा सबैभन्दा धेरै आयकर नबिल बैंकले बुझाएको । सो अवधिमा बैंकले १ अर्ब ४६ करोड ४८ लाख १७ हजार रुपैयाँ सरकार आयकर तिरेको छ । बैंकले गत वर्षको पुस मसान्तमा भने ९३ करोड ५२ लाख ९४ हजार रुपैयाँ कर सरकारलाई बुझाएको थियो ।

गत वर्षको पुस मसान्तसम्ममा सबैभन्दा धेरै आयकर बुझाएको एनआईसी एशिया बैंक यस वर्षको सोही अवधिमा भने दोस्रो स्थानमा देखिएको छ । सो अवधिमा बैंकले सरकारलाई १ अर्ब ४० करोड २८ लाख ५६ हजार रुपैयाँ आयाकर बुझाएको छ ।

राष्ट्रिय वाणिज्य र ग्लोलबल आइएमईको इनकम ट्याक्स १ अर्ब माथि

चालु आवको ६ महिनामा राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंकले सरकार १ अर्ब बढी कर बुझाएका छन् ।

६ महिनामा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब १६ करोड २५ लाख ३७ हजार रुपैयाँ र ग्लोलब आइएमई बैंकले १ अर्ब ५७ लाख ३७ हजार रुपैयाँ आयकर बुझाएका छन् ।

गत वर्षको पुस मसान्तसम्म यी दुवै बैंकहरुले क्रमशः ८२ करोड २६ लाख ४५ हजार र १ अर्ब १ करोड ६६ लाख रुपैयाँ आयकर बुझाएका थिए । गत वर्षको पुस मसान्तसमा दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई यस वर्षको सोही अवधिमा भने चौंथो स्थानमा पुगेको छ ।

नेपाल इन्भेष्टमेसहित आठ बैंकको आयकर ५० करोड बढी

चालु आवको ६ महिनामा नेपाल इन्भेष्टमेन्ट बैंकसहित ८ वटा बैंकको आयकर ५० करोड रुपैयाँभन्दा धेरै देखिएको छ । सो अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंकले ८९ करोड ४१ लाख रुपैयाँ आयकर सरकारलाई बुझाएको छ ।

यस्तै, एनएमबि बैंकले ७९ करोड ९९ लाख ४८ हजार, स्टाण्डर्ड चार्टर्डले ७५ करोड १५ हजार, प्राइमले ७१ करोड ३ लाख रुपैयाँ आयकर तिरेको छ । यी बैंकहरुले गत वर्षको पुस मसान्तमा भने क्रमशः ७१ करोड २८ लाख,४६ करोड ५७ लाख र ७३ करोड ११ लाख रुपैयाँ आयकर बुझाएका थिए ।

त्यसैगरि, एभरेष्ट बैंकले ६८ करोड ६५ लाख ७३ हजार, कुमारी बैंकले ५५ करोड ७० लाख ८४ हजार, सानिमा बैंकले ५३ करोड ६४ लाख १३ हजार र नेपाल एसबिआईले ५० करोड ४५ लाख १२ हजार रुपैयाँ कर बुझाएका छन् ।

सिद्धार्थको पछि पछि माछापुच्छ्रे, लक्ष्मी, प्रभु र हिमालयन बैंक

चालु आवको ६ महिनामा सिद्धार्थ बैंकले ४९ करोड ७२ लाख ५५ हजार रुपैयाँ कर सरकारलाई बुझाएको छ । सो अवधिमा माछापुच्छ«े बैंकको इनक ट्याक्स ४३ करोड ९३ लाख ९८ हजार रुपैयाँ, लक्ष्मीको ४१ करोड ९६ लाख, प्रभुको ४१ करोड २० लाख र हिमालयन बैंकको ४० करोड ९१ लाख रुपैयाँ रहेको छ ।

यस्तै, सो अवधिमा सिटिजन बैंकले ३६ करोड ५ लाख ७१ हजार रुपैयाँ, नेपाल बैंकले ३५ करोड ४५ लाख ३२ हजार, सनराइजले २८ करोड २ लाख ६७ हजार सिभिल बैंकले २७ करोड ७३ लाख ७० हजार रुपैयाँ कर सरकारलाई बुझाएको छ ।

चालु आवको ६ महिनामा सबैभन्दा कम आयकर कृषि विकास बैंकको देखिएको छ । बैंकले पुस मसान्तसम्म २ करोड १ लाख ९२ हजार रुपैयाँ आयकर सरकारलाई बुझाएको छ ।


प्रतिक्रिया दिनुहोस्