बैंकहरुको ब्याजदर घट्ने अवस्थामा छः चेम्बर अध्यक्ष मल्ल « Arthapath.com
२४ माघ २०७९, मंगलवार

बैंकहरुको ब्याजदर घट्ने अवस्थामा छः चेम्बर अध्यक्ष मल्ल



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्लले बैंकहरुको ब्याजदर घट्न सक्ने अवस्था रहेको बताएका छन् । क्यान इन्फोटेक प्रदर्शनीको २८औँ संस्करण उद्ध्घाटन समारोहमा उनले यस्ता बताएका हुन ।

बैंकहरुको ब्याजदर घटाउनको लागि ऋण प्रवाह गर्दा लिने बेसरेटमा सर्भिस चार्जमा सबैंकलाई बराबर राख्नु पर्ने बताएका छन् । उनले भने, “बैंकहरुले लिन सर्भिस चार्जमा कसैलाई ०.५ प्रतिशत भएको छ । कसैलाई ६ प्रतिशत भएको छ । यसलाई बेसरेटमा लिन सर्भिस चार्ज सबैंलाई २ प्रतिशत नराखी लगब गरे पछि राम्रो ब्याजदर घट्न सक्छ ।”

साथै, कर्जा प्रवाह गर्दा समेत सरकारले एक निति ल्याउने पर्ने भनाइ उनको रहेको थियो । आइटी क्षेत्रमा नेपाल एकदमै अगाडि पुगि सकेको हुदाँ डिजिटल माध्यममा देश आत्म निर्भर बनाउनुपर्ने बनाइ राखेका थिए ।

आइटी क्षेत्रलाई प्रोत्साहन गर्नेका लागि सरकारले सहुलियत लगायत नेपाली प्रोडक्टलाई पहिलो प्राथमिकता दिनु पर्ने बनाइ मल्लको रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्