राष्ट्र बैंकद्वारा ९ वाणिज्य बैंकलाई कारवाही, कुन-कुन परे ? « Arthapath.com
२५ माघ २०७९, बुधबार

राष्ट्र बैंकद्वारा ९ वाणिज्य बैंकलाई कारवाही, कुन-कुन परे ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकहरुलाई कारवाही गरेको छन् । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा नियम विपरित काम गरेको भन्दै राष्ट्र बैंकले बैंकहरुलाई कारवाही गरेको हो ।

नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशन उल्लंघन, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई नियम विपरित सेवा सुविधा दिएको, नियम विपरित प्रिमियम बढाएको, पुँजी पर्याप्तता ढाँचा अनुसारको विवरण नबुझाएको लगायतका कसुरमा कारवाही गरेको हो ।

राष्ट्र बैंकले प्रभु बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, साविकको बैंक अफ काठमाण्डू, माछापुच्छ्रे, नबिल, नेपाल इन्भेष्टमेन्ट, सानिमा र सिभिल बैंकलाई कारवाही तथा सचेत गराएको छ।

राष्ट्र बैंकले सम्पत्ति शुद्धिकरण सम्वन्धी ऐन तथा निर्देशन उल्लंघन गरेको भन्दै प्रभु बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक र साविकको बैंक अफ काठमाण्डूलाई ५०/५० लाख रुपैयाँ दरले जरिवाना गरेको छ ।

केन्द्रीय बैंकले पुँजी पर्याप्तता ढाँचा अनुसार पुँजी कोषको यथार्थ विवरण रिर्पोटिङ नगरेको भन्दै माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृतलाई, खाता रोक्का राख्न निर्देशन दिँदा पनि नयाँ खाता खोलेको भन्दै नबिल बैंकलाई सचेत गराएको छ ।

यस्तै, राष्ट्र बैंकले राष्ट्र बैंकको नियम विपरित प्रमुख कार्यकारी अधिकृतलाई थप सुविधा दिएको भन्दै सानिमा बैंकलाई र नियम बिपरित बढी प्रिमियम लिएकोले नेपाल इन्भेस्टमेन्ट बैंक, माछापुच्छ्रे र सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृतलाई पनि राष्ट्र बैंकले सचेत गराएको जनाएको छ ।

प्रभु बैंकलाई भने कर्जा सूचना तथा कालोसूची सम्बन्धी नीतिमा भएको व्यवस्था पालना नगरेको भन्दै सचेत गराएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्