मौद्रिक नीतिको कसिलो अडान कायमै, यसकारण हटेन सेयर धितो कर्जामा तोकिएको १२ करोडको सीमा « Arthapath.com
२७ माघ २०७९, शुक्रबार

मौद्रिक नीतिको कसिलो अडान कायमै, यसकारण हटेन सेयर धितो कर्जामा तोकिएको १२ करोडको सीमा



काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको अर्थवार्षिक समिक्षा सार्वजनिक गरेको छ ।

मौद्रिक नीतिमा अधिकांश नीतिलाई यथावत नै राखिएको छ । राष्ट्र बैंकले सेयर धितो कर्जामा १२ करोडको सीमा पनि कायमै राखेको छ ।

बैंकिङ्ग क्षेत्रमा अझै जोखिम कायमै रहेकाले सेयर धितो कर्जामा लगाइएको १२ करोडको सीमा यथावत राखिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले बताए । प्रवक्ता भट्टका अनुसार अर्थतन्त्रमा जोखिम नै रहेकाले अहिले नै सीमा हटाउँदा भोलि पुनः समस्या आउन सक्ने भएकाले नै सेयरधितो कर्जामा लगाइएको सीमा हटाउन यथावत कायम राखिएको बताए ।

यता, लगानीकर्ताहरुले भने सेयर धितो कर्जामा तोकिएको १२ करोडको सीमा हटाउने अपेक्षा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्