खरिद गर्ने होइन त कुमारी बैंकको सेयर ? साढे १६ हजार कित्ता बिक्रीमा « Arthapath.com
९ फाल्गुन २०७९, मंगलवार

खरिद गर्ने होइन त कुमारी बैंकको सेयर ? साढे १६ हजार कित्ता बिक्रीमा



काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १६ हजार ६०० कित्ता सेयर बिक्री खुला गरेको हो ।

कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो । उक्त सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय टंगाल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्