नेप्सेमा नेपाल इन्भेष्टमेण्ट र मेगा बैंक नेपाल मर्जर पछि कायम सेयर सूचीकृत « Arthapath.com
१० फाल्गुन २०७९, बुधबार

नेप्सेमा नेपाल इन्भेष्टमेण्ट र मेगा बैंक नेपाल मर्जर पछि कायम सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक बैंकको सेयर सूचीकृत भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल मर्जर पछि कायम शेयर नेप्सेमा सूचीकृत भएको हो ।

मर्जरपछि कायम हुन आएको कुल ३४ करोड १२ लाख ८५ हजार ९४९ कित्ता शेयर नेपालइन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको नामबाट सूचीकृत भएको हो ।

अब पहिलो कारोबारको लागि २३६ रुपैयाँ ८५ पैसा ओपन रेञ्ज दिएको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको सेयर भोलि बिहीवार देखि कारोबारमा आउनेछ ।

यी दुई बैंक १ः०.९० अनुपातमा मर्जरमा गएका हुन भने पुस २७ गते देखि एकिकृत कारोबार शुरु गरेका हुन ।


प्रतिक्रिया दिनुहोस्