एनआईसी एशिया बैंकद्वारा दुर्घटना बीमा वापत १० लाख हस्तान्तरण « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

एनआईसी एशिया बैंकद्वारा दुर्घटना बीमा वापत १० लाख हस्तान्तरण



काठमाडौं । एनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाउनु भएका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमा वापतको १० लाख रुपैयाँ उपलब्ध गराएको छ । बैंकमा सर्वश्रेष्ठ बचत खाता खोल्नु भएका रुपन्देही जिल्लास्थित शुद्धोधन गाउँपालिकामा स्थायी घर भएका मृतक खरालको खातामा उपलब्ध दुर्घटना बीमावापतको रकम उनकी श्रीमती लक्ष्मी बस्यालज्यूलाई यस बैंकका लुम्बिनी प्रदेश प्रमुख तिलक सुन्दर कार्कीले १० लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

बैंकले हालसम्म २०७९ जना ग्राहकलाई बीमा दाबी गरे वापतको ७ करोड ८८ लाख रुपैयाँभन्दा बढी रकम प्रदान गरिसकेको छ । जसमध्ये घातक रोग बीमा वापत २७ जनाले २ करोड ९० लाख रुपैयाँ, दुर्घटना बीमा वापत १३ जनाले १ करोड ३० लाख रुपैयाँ र मेडिकल बीमा वापत २ हजार ३९ जनाले . ३ करोड ६७ लाख रुपैयाँ बीमा रकम प्राप्त गरिसक्नुभएको छ । यस बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरुलाई ८४ लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराएको छ । जस अन्तर्गत ४० लाख रुपैयाँको दुर्घटना बीमा, ४० लाख रुपैयाँको घातक रोग बीमा र रु. ४ लाखसम्मको औषधि उपचार बीमा प्राप्त गर्नुहुन्छ । औषधि उपचार बीमामध्ये अस्पताल भर्ना हुने बिरामीले ३ लाख २० हजारसम्म र ओपीडी उपचारको लागि रु. ८० हजारसम्म प्राप्त गर्न सक्नुहुनेछ । ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो ।


प्रतिक्रिया दिनुहोस्