सक्षमले पनि तिर्दैनन् ऋण: झन् बढ्यो बैंकहरुको खराव कर्जा, नाफा समेत प्रभावित « Arthapath.com
७ चैत्र २०७९, मंगलवार

सक्षमले पनि तिर्दैनन् ऋण: झन् बढ्यो बैंकहरुको खराव कर्जा, नाफा समेत प्रभावित



काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरु विरुद्ध भएको आन्दोलन तथा आर्थिक संकटका कारण बैंकहरुको खराव कर्जा झन बढ्को छ ।

माघ मसान्तसम्म आउँदा क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुको खराव कर्जा बढेर २.६३ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त बैंक सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

गत आवको माघ मसान्तसम्ममा बैंकहरुको खराव कर्जा अनुपात १.३१ प्रतिशत थियो । पछिल्लो १ वर्षमा मात्र बैंकहरुको खराव कर्जा दोब्बर भएको छ । समिक्षा अवधिमा बाणिज्य बैंकहरुको मात्रै खराव कर्जा अनुपात २.४९ प्रतिशत रहेको छ ।

यसैगरि विकास बैंकहरुको खराव कर्जा २.८२ प्रतिशत पुगेको छ । यसैगरि वित्त कम्पनीहरुको भने ७.८२ प्रतिशत पुगेको छ ।पछिल्लो समय देखिएका आर्थिक संकटका कारण बैंकहरुको कर्जा असुल हुन सकेको छैन । महंगी, उच्च व्याजदर लगायतका कारणा ऋणीहरुको ऋण तिर्ने क्षमता घटेको छ । त्यसपछि त्यस्ता कर्जा खराव कर्जामा गणना भएका हुन् ।

यस्तै, पछिल्लो समय बैंक तथा वित्तिय क्षेत्र विरुद्ध आन्दोलनका कार्यक्रमहरु भएका छन् । बैंक तथा वित्तिय संस्था र लघुवित्तका ऋणीहरुले ऋण नतिर्ने अभियान चलाएका छन् । ऋण मिनाहा गर्ने माग समेत हुन थालेको छ । त्यसपछि सक्षम ऋणीले पनि बैंक तथा लघुवित्तको ऋण तिरेका छैनन् । यी यस्ता कारण पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुको खराव कर्जा बढेको छ ।

बैंकहरुको खराव कर्जा बढ्दा नाफा पनि प्रभावित भएको छ । समिक्षा अवधिमा बैंकहरुको नाफा औसतमा सामान्य रुपमा घटेको छ । गत आवको समिक्षा अवधिमा बाणिज्य, विकास र वित्त कम्पनीको नाफा ४४ अर्ब ९० करोड रुपैयाँ थियो । तर, अहिले त्यो ४४ अर्ब ८४ करोड रुपैयाँमा झरेको छ ।

समिक्षा अवधिमा लघुवित्त वित्तिय संस्थाहरुको नाफा भने ह्वात्तै घटेको छ । गत आवको समिक्षा अवधिमा लघुवित्तहरुले ७ अर्ब ४० करोड रुपैयाँ नाफा कमाएको थिए । त्यो अहिले ५५ प्रतिशतले घटेर ३ अर्ब ३२ करोड रुपैयाँमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस्