एनएमबि बैंकले चैत २१ गतेदेखि ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ? « Arthapath.com
१२ चैत्र २०७९, आईतवार

एनएमबि बैंकले चैत २१ गतेदेखि ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?



काठमाडौं । एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले चैत २१ गतेदेखि १० वर्ष अवधिको वार्षिक १०.७५ प्रतिशत ब्याजदर रहेको ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत–२०८९÷ २०९०’ नामको ऋणपत्र निष्कासन गर्ने भएको हो ।

उक्त ऋणपत्र प्रतिकित्ता १ हजार रुपैयाँ अकिंत दरमा बिक्री खुला गरेको हो । ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र कम्पनीले निष्कासन गर्ने लागिएको हो । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत (२ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता) व्यक्तिगत तवरबाट विक्री गरिने र बाँकी ४० प्रतिशत (१ अर्ब ६० करोड बराबरको १६ लाख कित्ता) सर्वसाधारणमा विक्री गरीनेछ ।

सर्वसाधारणमा बाँडफाँट गरिने ४० प्रतिशत ऋणपत्रमध्ये ५ प्रतिशत दरको ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएकोमा ४५ हजार कित्ता ऋणपत्र बाँडफाँट गरि सकेको कम्पनीले जनाएको छ ।

उक्त ऋणपत्र लगानीकर्ताले न्यूनतम २५ कित्ताका देखि अधिकतम १६ लाख कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्