सिद्धार्थ बैंकले पठायो सेयरधनीको हितग्राही खातामा १२.५० प्रतिशत बोनस, तपाईको खातामा आयो ? « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

सिद्धार्थ बैंकले पठायो सेयरधनीको हितग्राही खातामा १२.५० प्रतिशत बोनस, तपाईको खातामा आयो ?



काठमाडौं । सिद्धार्थ बैंकले लाभांश वितरण सुरु गरेको छ । बैंकले गत पुस २८ गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित १२.५० प्रतिशत बोनस सेयर वितरण गरेको हो ।

सो बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको बैंकले जनाएको छ । एक सूचना जारी गर्दै बैंकले हालसम्म भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुको हकमा सेयर अभौतिकीकरण भएपश्चात स्वतः सेयरधनीको खातामा जम्मा गरिने जनाएको छ ।

हालसम्म पनि भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुलाई आफ्नो अभौतिकीकरण गराउन बैंकले अनुरोध समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्