२१ बैंकका सीईओलाई बोलाएर राष्ट्र बैंकले दियो ढाडस, कर्जाको माग नभएको बेला क्यापिटल नबढाउन सुझाव « Arthapath.com
१३ चैत्र २०७९, सोमबार

२१ बैंकका सीईओलाई बोलाएर राष्ट्र बैंकले दियो ढाडस, कर्जाको माग नभएको बेला क्यापिटल नबढाउन सुझाव



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २१ ओटै बैंकको सीईओअरुलाई बोलाएर बैंकिङ क्षेत्रको समस्याहरुबो बारेमा छलफल गरेको छ । सोमबार होटल याक एण्ड यतीमा भएको छलफलमा गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ क्षेत्रमा देखिएका समस्याहरुको बारेमा सुरुमै खुलेर बोल्न आग्रह गरेका थिए ।

राष्ट्र बैंकले अहिले बजारमा कर्जा लिएर तिर्नुपर्दैन भनेर आन्दोलन गर्नेहरु लक्षित बैंकको अवस्थाको बारेमा सबै सीईओहरुलाई आफ्ना धारणा राख्न आग्रह गरेका थिए । अहिलेको लिकुडिटीको अवस्था, रिकभरीको अवस्था र क्यापिटलको अवस्थाका बारेमा सीईओहरुसंग रिपोटिङ लिने काम भएको सहभागी एक सीईओले बताए ।

डिभेञ्चरको फण्ड र स्थानिय तहको पैसालाई तत्काल तरलतामा काउन्ट गर्नबाट नहटाउन गभर्नरसंग आग्रह गरे । अहिले ७÷८ ओटा बैंकहरुले कर्जा विस्तारमा समस्या पैदा भएको विषय उठाएको एक सीईओले अर्थपथलाई बताए । ‘केही बैंकरहरुले कर्जा विस्तारमा जटिलता रहेको बारे गभर्नरलाई अवगत गराए ।’

अहिलेको आन्दोलनले कर्जा तिर्न पर्दैन भन्नेहरुको आन्दोलनले रिकभरी विग्रिएको अवस्थामा सम्झाएर ऋणिसंग असुल्न सुझाए । अहिले सिमेन्ट, डण्डी लगायतका उद्योगीले कर्जाको व्याज तिर्न नसक्ने अवस्था रहेकोले त्यस हकमा केही लचिलो हुन सकिने अन्यथा असहज नरहेको गभर्नर अधिकारीको भनाई थियो ।

‘साचो बोल्नुहोस्, संस्थागत शुसाशनमा बस्नुहोस्’ केही समस्या आए हामी सहजीकरण गर्न तयार छौं’ गभर्नर अधिकारीको भनाई उध्रित गर्दै एक सीईओले भने । अहिले बैंकहरुको एनपिएको लेवल कन्ट्रोलमा छ, डराइहाल्नुपर्ने अवस्था नरहेको गभर्नर अधिकारीको भनाई थियो ।

कार्यक्रममा गभर्नर अधिकारीले बैंकहरुलाई क्यापिटल नबढाउन सुझाव दिए । ‘अहिले बजारमा कर्जाको माग नै छैन भने क्यापिटल बढाउनतर्फ नसोच्नुहोस् ।’ अहिलेको अवस्थामा क्यापिटल बढाएर बोझ नथप्न सुझाव दिए । दिउसो साँढे ३ बजे सुरु भएको छलफल राती ८ बजेसम्म चलेको थियो ।


प्रतिक्रिया दिनुहोस्