बैंक-वित्तीय संस्थामाथि विभिन्न कोणबाट आक्रमण भइरहँदा राष्ट्र बैंक अभिभावकिय भूमिकामा हुनुपर्छ: अध्यक्ष गोल्यान « Arthapath.com
१७ चैत्र २०७९, शुक्रबार

बैंक-वित्तीय संस्थामाथि विभिन्न कोणबाट आक्रमण भइरहँदा राष्ट्र बैंक अभिभावकिय भूमिकामा हुनुपर्छ: अध्यक्ष गोल्यान



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यानले बैंक तथा वित्तीय संस्थाहरुमाथि विभिन्न कोणबाट आक्रमण भइरहँदा नेपाल राष्ट्र बैंकले अभिभावकिय भूमिमा निर्वाह गर्नु पर्ने बताएका छन् ।

सिबिफिनका पदाधिकारी तथा सदस्यहरु सम्मिलित प्रतिनिधि मण्डलले राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीसँग भेट गर्दै यस्तो बताएका हुन । उनले राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय मात्र नभई अभिभावक संस्था समेत भएकोले बताएका हुन । गर्भनरसँग भेटमा उनले वर्तमान विषम् परिस्थितिमा ब्याजदर घट्नु पर्ने विषयमा जोड दिँदै ध्यानाकर्षण पत्रमा उल्लेखित पूँजी निर्माण, कर्जा नोक्सानीको व्यवस्था, सेवा शुल्क तथा स्प्रेडदर, संस्थागत आयकर, संस्थापक शेयरलाई साधारण शेयरमा रुपान्तरण, स्थानिय निकायमा जाने सरकारी निक्षेपको गणना, ब्याजदर कोरिडोरको प्रभावकारी कार्यान्वयन, प्रिमियम सम्बन्धी व्यवस्था, कर्जा–निक्षेप अनुपात, आधार दरको गणना, फिन टेक, एसेट म्यानेजमेन्ट एवं लर्निङ एण्ड डेभलपमेन्ट जस्ता सहायक कम्पनीको स्थापना तथा लगानीलगायतका विषयहरुमा दिइएका सुझावहरुको बारेमा ब्रिफिङ गरेका थिए ,।

साथै, उने बैंक तथा वित्तीय संस्था र कर्मचारीमाथि सुनियोजित एवं श्रृंखलाबद्ध रुपमा सञ्चालन भइरहेका अवाञ्छित एवं् गैरकानूनी क्रियाकलाप र सांघातिक आक्रमणहरुको विषयमा गभर्नरको गंभिर ध्यानाकर्षण समेत गरेका थिए । नेपालको समग्र आर्थिक एवं बैंकिङ क्षेत्रमा उत्पन्न समस्या एवं चुनौती, विश्व परिवेश र आर्थिक एवं बैंकिङ सुधारसहित तिव्र आर्थिक गतिविधिमार्फत अर्थतन्त्रलाई गतिशिल बनाउने विषयमा संस्थागत सुझावहरु समेटिएको ध्यानाकर्षण पत्र सिबिफिनले गर्भनरलाई बुझाएका हुन ।

सिबिफिनका पदाधिकारी तथा सदस्यहरुमार्फत राखिएका जिज्ञासा तथा जानकारीहरुलाई गंभिरताकासाथ श्रवण गर्नुभएका गभर्नर अधिकारीले आर्थिक एवं बैंकिङ क्षेत्रको सुधारका लागि सिबिफिनद्वारा पेश सुझावहरुलाई गहनताका साथ लिने र यथोचित सम्बोधनका लागि पहल गर्ने बताए । बैंक तथा वित्तीय संस्था र कर्मचारीहरुका विरुद्ध भइरहेका क्रियाकलापहरु वारे नेपाल राष्ट्र बैंकले नजिकैबाट नियालीरहेको बताउँदै गभर्नर अधिकारीले बैंकिङ क्षेत्रमा देखिएको सुरक्षा संवेदनशिलताप्रति पनि आफू गंभिर रहको जानकारी गराए । बैंकिङ सेवालाई नेपाल सरकारले आवश्यक सेवाको क्षेत्रकोरुपमा परिभाषित गरी राजपत्रमा प्रकाशित गरिसकेको सन्दर्भमा यस क्षेत्रलाई निर्वाधरुपमा संचालन हुने वातावरणको सृजना गर्न र सुरक्षा बन्दोबस्तीका लागि सम्बन्धित निकायहरुसमक्ष आवश्यक सहजीकरण भइरहेको समेत बताए ।

त्यसैगरी गभर्नर अधिकारीले बैंकिङ क्षेत्रमा हाल देखिएका कतिपय समस्याहरु प्रणालीसँग जोडिएकोले प्रणालीगत÷संरचनागत सुधारमा जोड दिनुपर्ने वहाँको भनाइ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्