बचत खातामा दिईने ब्याजदरको अन्तर २ प्रतिशतभन्दा फरक नपार्न राष्ट्र बैंकको निर्देशन « Arthapath.com
१२ बैशाख २०८०, मंगलवार

बचत खातामा दिईने ब्याजदरको अन्तर २ प्रतिशतभन्दा फरक नपार्न राष्ट्र बैंकको निर्देशन



काठमाडौं । अब बैंकहरुले बचत खातामा दिईने ब्याजदर २ प्रतिशत भन्दा फरक पार्न नपाईने भएको छ । नेपाल राष्ट्र बैंकले बचत खातामा रहेको निक्षेपको ब्याजदर अन्तर २ प्रतिशत विन्दुले मात्रै राख्न निर्देशन दिएको हो ।

केन्द्रीय बैंकले नयाँ बचत खाताका विकास गर्दा पुरानो खाताको ब्याजदर अन्यन्तै कम भएको गुनासो आएपछि यस्तो सुझाव दिएको हो ।

‘विभिन्न प्रकारण्का बचत खातामा दिईने ब्याजदरको अन्तर २ प्रतिशत बिन्दुभन्दा फरक पार्न पाईने छैन । ब्याजदर परिवर्तन गर्दा वा नयाँ बचत खाताको विकास गर्दा सबै प्रकारका बचत खाताको ब्याजदर सोही बमोजिम समायेजन गर्नुपर्ने व्यवस्था गरिएको छ ।’-राष्ट्र बैंकले भन्यो ।

राष्ट्र बैंकका अनुसार सबै प्रकारको बचत खातामा ब्याजदर बढ्दा सबैको बढ्ने र घट्दा पनि सबैको घट्ने गरि कायम गर्नुपर्नेछ ।बैंक तथा वित्तीय संस्थाले विविध प्रकारका बचत खाताका विकल्प प्रदान गर्दछन् । सबै खाताका ब्याजदर, न्युनतम मौज्दात, कार्ड, चेक, मोबाइल र इन्टरनेट बैंकिङ्ग सुविधा र सर्त फरकफरक हुने गरेको छ ।

बचत खाताको ब्याजदर तथा सम्पूर्ण सर्त र सुविधाप्रति चनाखो भई पूर्ण जानकारी लिन समेत आव्हान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्