५४ लघुवित्तको वित्तीय रिपोर्ट: अधिकांशको नाफामा संकुचन, १० कम्पनी ऋणत्मक (सूचीसहित) « Arthapath.com
१ जेष्ठ २०८०, सोमबार

५४ लघुवित्तको वित्तीय रिपोर्ट: अधिकांशको नाफामा संकुचन, १० कम्पनी ऋणत्मक (सूचीसहित)



काठमाडौं । हाल संचालनमा रहेका लघुवित्तहरु मध्ये अधिकांश कम्पनीहरुले आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । संचालनमा रहेका लघुवित्तमा ५४ कम्पनीले त्रैमासिक रिपोर्ट सार्वजनिक गर्दा अधिकांशको मुनाफामा पहिरो गएको छ ।

लघुवित्तको खराब कर्जा बढ्नुले मुनाफा ओरालो लाग्न पुगेको छ । तेस्रो त्रैमासिक रिपोर्ट अनुसार बैंकहरुको खराब कर्जा बढेको बेला लघुवित्तहरुको पनि खराब कर्जा निकै उचालिन पुगेको छ । खराब कर्जा बढ्दै जादा यसको प्रभाव सेयर बजारमा पनि पर्ने गएको छ । राष्ट्र बैंकले लघुवित्तमा गरेको कडाइले सेयर बजारमा लघुवित्तको सेयर मूल्य ओरालो लागि रहेको बेला वित्तीय रिपोर्टमा समेत देखिएको गिरावटले लगानीकर्ता त्रसित बनेको छन् ।

हालसम्म तेस्रो त्रैमाससम्मको रिपोर्ट सार्वजनिक गरेका ५४ लघुवित्त मध्ये चार कम्पनीको मुनाफामा मात्र सुधार देखिएको छ । ४० कम्पनीको मुनाफा घटेसँगै १० लघुवित्त ऋणत्मक अवस्था रहेका छन् । चैत मसान्तसम्मको अवधिमा फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको मुनाफा १७.१२ प्रतिशतले बढेर १९ करोड ४५ लाख ७७ हजार रुपैयाँ पुगेको छ । यता, नाफा बढाउने अर्का कम्पनी आरएमडिसी लघुवित्तको भने ३.१९ प्रतिशतले बढेर २७ करोड ४४ लाख ६९ हजार रुपैयाँ पुगेको हो ।

त्यस्तै, यस अवधिमा साना विकास लघुवित्तको १६.९३ प्रतिशतले बढेर ५८ करोड ७६ लाख रुपैयाँ र छिमेक लघुवित्तको २२.८ प्रतिशतले बढेर ८८करोड ६ लाख ५९ हजार रुपैयाँ रहेको छ ।

१० लघुवित्तको नाफा ऋणत्मक

त्यस्तैगरी, चैत मसान्तसम्मको अवधिमा १० कम्पनीको मुनाफा भने ऋणत्मक रहेको छ । तेस्रो त्रैमामिकसम्ममा यूनिक नेपाल लघुवित्त ५ करोड ९८ लाख रुपैयाँ, लक्ष्मी लघुवित्त ९ करोड १७ लाख, धौलागिरी लघुवित्तको ४१ लाख, मानुषि लघुवित्त ३ करोड ४७ लाख रुपैयाँ, गुराँस लघुवित्त ५४ लाख ९१ हजार रुपैयाँ ऋणत्मक रहेको छ ।

त्यस्तै, वीन नेपाल लघुवित्त २ करोड ४० लाख रुपैयाँ, आरम्भ चौतारी ५६ लाख ९१ हजार रुपैयाँ, मनकामना स्मार्ट लघुवित्त४२ लाख ५२ हजार रुपैया, जाल्पा लघुवित्त ३ करोड ९२ लाख रुपैयाँ ऋणत्मक रहेका छन् ।

विजय लघुवित्तको मुनाफा दोब्बरले घट्यो, ४० लघुवित्तको नाफा ओरालो

यस अवधिमा सर्वाधिक नाफा गुमाउने कम्पनीमा विजय लघुवित्त रहेको छ । कम्पनीको मुनाफा ९८.०९ प्रतिशतले घटेर १७ लाख ६१ हजार रुपैयाँमा सिमित रहेको छ । उपकार लघुवित्तको मुनाफामा पनि ९४ .८८ प्रतिशतले घटेको छ । कम्पनीको मुनाफा १५ लाख २६ हजार रुपैयाँमा खुम्चिएको हो ।

चैत मसान्तसम्मको अवधिमा फरवार्ड लघुवित्तको मुनाफा ९३.५५ प्रतिशतले घटेर ३६ लाख १४ हजार रुपैयाँ, मेरो माइक्रोफाइनान्सको ९६.४५ प्रतिशतले घटेर १ करोड ३० लाख रुपैयाँ, किसान लघुवित्तको ८७.४३ प्रतिशतले घटेर ६४ लाख ६६ हजार रुपैयाँ, सिभिल लघुवित्तको ८७.५८ प्रतिशतले घटेर ६५ लाख ५५ हजार रुपैयाँमा सिमित भएको छ ।

नाफा कम घटाउने लघुवित्तको आरएसडिसि लघुवित्त रहेको छ । यस अवधिमा लघुवित्तको मुनाफा ८.८१ प्रतिशतले घटेर ८ करोड ६० लाख रुपैयाँ रहेको छ । यता, नेष्डो समृद्ध लघुवित्तको १०.८५ प्रतिशतले घटेर १४ करोड ६८ लाख रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्