लघुवित्तको वितरणयोग्य नाफाः आधा दर्जन ऋणत्मक, कुनको अवस्था कस्तो ? « Arthapath.com
९ जेष्ठ २०८०, मंगलवार

लघुवित्तको वितरणयोग्य नाफाः आधा दर्जन ऋणत्मक, कुनको अवस्था कस्तो ?



काठमाडौं । पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुको नाफामा संकुचन आएको छ । कम्पनीहरुको खराब कर्जा बढेपछि नाफा प्रभावित भएको हो । कम्पनीहरुमा खराब कर्जा बढेसँगै वितरणयोग्य नाफामा समेत यसको असर देखिएको छ । कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७९।०८० को तेस्रो त्रैमासिक विवरण अनुसार कतिपय कम्पनीहरु लगानीकर्तालाई मुनाफा बाढ्न नसक्ने अवस्थामा पनि देखिएका छन् ।

छ लघुवित्त लाभांश बाढ्न नसक्ने अवस्थामा
चालु आर्थिक वर्षको चैत समान्तसम्मको वित्तीय रिपोर्ट हेर्दा छ लघुवित्त वित्तीय कम्पनीको वितरणयोग्य नाफा नोक्सानमा रहेको छ । अधिकांश लघुवित्तको वितरणयोग्य नाफा घटेको भएपनि छ कम्पनीको भने नोक्सानमा रहेको छ ।

वितरणयोग्य नाफा सबैभन्दा धेरै हुने लघुवित्तमा लक्ष्मी लघुवित्त वित्तीय संस्था रहेको छ । कम्पनीले समिक्षा अवधिमा ८ करोड ८२ लाख ३५ हजार रुपैयाँ नोक्सानमा रहेको छ ।

त्यस्तै, नोक्सानमा रहेको दोस्रो लघुवित्तमा उन्नति सहकार्य लघुवित्त रहेको छ । कम्पनीको सो नोक्सान ४ करोड ९६ लाख ६० हजार रुपैयाँ रहेको छ । साथै, नोक्सानमा रहेका लघुवित्त मेरो माइक्रोफाइनान्सको १ करोड ४० लाख ९२ हजार रुपैयाँ, माहुली लघुवित्त ७४ लाख ५१ हजार रुपैयाँ, एनएमबि लघुवित्त ७० लाख ३१ हजार रुपैयाँ र विजय लघुवित्त ५१ लाख ५४ हजार रुपैयाँ रहेको छ ।

२७ कम्पनीको वितरणयोग्य नाफा भने सन्तोषजनक
छ लघुवित्तको वितरणयोग्य नाफा ऋणत्मक रहे पनि २७ कम्पनीको समेत सन्तोषजनक नै देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म सार्वजनिक गरेका लघुवित्तको वितरणयोग्य नाफा अन्र्तगत अधिकांशको उक्त नाफा भने ओरालो लागेको छ ।

यस अवधिमा सबै भन्दा उत्कृष्ट वितरणयोग्य नाफा रहेकोमा छिमेक लघुवित्त रहेको छ । छिमेक लघुवित्तले अधिकांश सूचकमा आफ्नो अग्रता कायम राख्दैं आएकोमा वितरणयोग्य नाफा समेत आफ्नो अग्रतालाई निरन्तरता राखेको छ । चैत मसान्तसम्ममा कम्पनीको वितरण योग्य नाफा १ अर्ब ३० करोड ६२ लाख ४८ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा उक्त नाफा कम्पनीको ५५ करोड ९३ लाख ३९ हजार रुपैयाँमा सिमित रहेको थियो ।

त्यस्तै, दोस्रो नम्मबरमा रहेको आरएमडिसी लघुवित्तको ९६ करोड ४३ लाख ६० हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । साथै, साना किसान लघुवित्तको ७६ करोड २२ लाख ५७ हजार रुपैयाँ, फरवार्ड लघुवित्तको ६७ करोड ८८ लाख १४ हजार रुपैयाँ, एनआइसी एशिया लघुवित्तको ६७ करोड २४ लाख २० हजार रुपैयाँ, जीवन विकास लघुवित्तको १९ करोड २३ लाख ३१ हजार रुपैयाँ, डिप्रोक्स लघुवित्तको १६ करोड २५ लाख रुपैयाँ, नेशनल माइक्रोफाइनान्सको १५ करोड ८५ लाख ५६ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ ।

लघुवित्तहरुको चैत समान्तसम्मको विवरण अनुसार सबै भन्दा कम वितरणयोग्य नाफा रहेको कम्पनीमा गणपति लघुवित्त वित्तीय संस्था रहेको छ । यस अवधिसम्ममा कम्पनीको उक्त नाफा ८ हजार रुपैयाँ मात्र रहेको छ । त्यस्तै, नेरुडे लघुवित्तको २ लाख २३ हजार रुपैयाँ, नाडेप लघुवित्तको १० लाख ६३ हजार रुपैयाँ, सिभिल लघुवित्तको २२ लाख १ हजार रुपैयाँ र ग्रामिण विकास लघुवित्तको २३ लाख ७ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्