पाँच लघुवित्तको ब्याज आम्दानी अर्बमाथि, चार दर्जनको संकुचन, कुनको कति ? « Arthapath.com
११ जेष्ठ २०८०, बिहीबार

पाँच लघुवित्तको ब्याज आम्दानी अर्बमाथि, चार दर्जनको संकुचन, कुनको कति ?



काठमाडौं । लघुवित्त कम्पनीहरुको खुद ब्याज आम्दानीमा गिरावट आएको छ । कम्पनीहरुले चालु आर्थिक वर्षको नौ महिनामा २ अर्ब ६९ करोड ३४ लाख १५ हजार रुपैयाँ खुद आम्दानी गुमाएका छन् ।

संचालनमा रहेका ५७ वटा लघुवित्त वित्तीय संस्थाहरुले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

सो अवधिमा ति कम्पनीहरुले कुल १८ अर्ब ८७ करोड ५८ लाख ११ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । जुन, गत वर्षको चैत मसान्तसम्मको तुलनामा १२.४८ प्रतिशतले कमी हो । गतवर्षको सोही अवधिमा कम्पनीहरुले २१ अर्ब ५६ करोड ९२ लाख २६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएका थिए । कम्पनीहरुको खुद ब्याज आम्दानीमा गिरावट आएसंगै अधिकांशको नाफा समेत प्रभावित भएको छ ।

चालु आवको तेस्रो त्रैमासमा अधिकांश लघुवित्तको खुद ब्याज आम्दानी घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ५७ कम्पनीमध्ये ६ वटाको मात्र ब्याज आम्दानीमा सुधार देखिएको छ भने अन्यको यस्तो आम्दानी खुम्चिएको छ ।

६ वटाको मात्रै बढ्यो ब्याज आम्दानी, सूर्यादय ओमीको उल्लेख्य सुधार

चालु आवको नौ महिनामा ६ वटा मात्रै लघुवित्तको खुद ब्याज आम्दानी वृद्धि भएको छ । सो अवधिमा सबैभन्दा धेरै खुद ब्याज आम्दानी गर्नेमा छिमेक लघुवित्तको अगाडि देखिएको छ । कम्पनीले चालु आवको चैत मसान्तसम्ममा २ अर्ब ११ करोड ७० लाख ५६ हजार रपैयाँ ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा भने २०.४४ प्रतिशतले बढी हो ।

सो अवधिमा सबैभन्दा धेरै ब्याज आम्दानी बढाउनेमा भने सुर्यदय ओमी लघुवित्त देखिएको छ । कम्पनीको यस्तो आम्दानी ४४.१७ प्रतिशतले बढेर ४४ करोड ४१ लाख ८ हजार रुपैयाँ कायम भएको छ । तर, गत वर्षको चैत मसान्तसम्ममा कम्पनीले ३० करोड ८० लाख २९ हजार रुपैयाँ मात्र ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, साना किसान विकास लघुवित्तको खुद ब्याज आम्दानी २७.०३ प्रतिशतले बढेर १ अर्ब ४० करोड ९७ लाख ५२ हजार रुपैयाँ, स्वाबलम्बन लघुवित्तको ७.८९ प्रतिशतले बढेर १ अर्ब ४ करोड ७५ लाख ५५ हजार र फस्र्ट माइक्रोफाइनान्सको ३.४१ प्रतिशतले बढेर ३१ करोड ७६ लाख ३५ हजार रुपैयाँ कायम भएको छ ।

चार दर्जन भन्दा लघुवित्तको ब्याज आम्दानी खुम्चियो

चालु आवको नौ महिनामा चार दर्जन भन्दा बढी लघुवित्तको खुद ब्याज आम्दानी खुम्चिएको छ । सो अवधिमा ५१ वटा लघुवित्तको ब्याज आम्दानीमा गिरावट आएको हो ।

सो अवधिमा सबैभन्दा धेरै ब्याज आम्दानी विन नेपाल लघुवित्तको घटेको छ । कम्पनीको यस्तो आम्दानी ७१.४१ प्रतिशतले घटेर ९२ लाख १५ हजार रुपैयाँ कायम भएको छ । तर, गत वर्षको चैत मसान्तसम्ममा भने कम्पनीले ३ करोड २२ लाख ४२ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

चालु आवको नौ महिनामा सबैभन्दा कम ब्याज आम्दानी बिपिडब्लु लघुवित्तले आर्जन गरेको छ । सो अवधिमा कम्पनीको यस्तो आम्दानी ४६ लाख ६२ हजार रुपैयाँ कायम भएको छ । जुन गत वर्षको चैत मसान्तसम्मको तुलनामा ५१.२२ प्रतिशतले कम हो ।

त्यस्तैगरी, निर्धन उत्थान लघुवित्तको १०.१९ प्रतिशतले घटेर १ अर्ब ४० करोड ९७ लाख ५२ हजार रुपैयाँ, जीवन विकास लघुवित्तको ५.५४ प्रतिशतले घटेर १ अर्ब १९ करोड १ लाख ५६ हजार रुपैयाँ, डिप्रोक्स लघुवित्तको ७.८४ प्रतिशतले घटेर ९४ करोड ९ लाख ५७ हजार रुपैयाँ, एनआइसी एशिया लघुवित्तको ३४.९५ प्रतिशतले घटेर ७७ करोड ६७ लाख ६६ हजार रुपैयाँ, फस्र्ट माइक्रोफाइन्सको ३२.०२ प्रतिशतले घटेर ७३ करोड २६ लाख ९९ हजार रुपैयाँ र ग्रामिण विकास लघुवित्तको २६.४८ प्रतिशतले घटेर ६७ करोड ३१ लाख ७२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका हुन ।

कुनको कति ?


प्रतिक्रिया दिनुहोस्