काेराेला नाकाबाट समातिएका ईभीकाे छानबिन गर्न उपसचिव शाक्यको नेतृत्वमा समिति गठन « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

काेराेला नाकाबाट समातिएका ईभीकाे छानबिन गर्न उपसचिव शाक्यको नेतृत्वमा समिति गठन



काठमाडाैं । सरकारले कोरला नाकाबाट बुधबार रातिदेखि बिहीबार बिहानसम्म एपीएफले नियन्त्रणमा लिएको ७७४ वटा विद्युतीय सवारी साधनकाे छानबिन गर्न समिति गठन गरेकाे छ।

अर्थ मन्त्रालयले उपसचिव भुपालराज शाक्यको नेतृत्वमा छानबिन समिति गठन गरि नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको समितिलाई सवारी साधन कानुनसम्मत आए/नआएको विषयमा छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएकाे छ।

बजेटअघि नै हतार-हतार भन्सार पास गराएर राज्यलाई करोडौँ राजस्व ठग्न खोजिएको यो खेलमा भन्सारकै उच्च कर्मचारीको मिलेमतो रहेको आशंका गरिएको छ। सेटिङको गन्ध पाएपछि भन्सार विभागले रसुवा भन्सारका प्रमुख तुलसी भट्टराईलाई तत्कालै तानेर उनको ठाउँमा उपसचिव राजेन्द्र ढुंगानालाई जिम्मेवारी सुम्पिएको छ।

बुधबार गृह मन्त्रालयको विशेष निर्देशन पाएलगत्तै सशस्त्र प्रहरीले रातभर अपरेसन चलाएर यी गाडीहरू कब्जामा लिएको थियो। अब छानबिन समितिको स्थलगत प्रतिवेदनका आधारमा यी गाडीहरू जफत हुने वा व्यवसायीलाई बुझाइने भन्ने विषयको अन्तिम टुंगो लाग्नेछ।


प्रतिक्रिया दिनुहोस्