कुमारी बैंकको झण्डै १५ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा, प्रतिकित्ता कति ? « Arthapath.com
१२ जेष्ठ २०८०, शुक्रबार

कुमारी बैंकको झण्डै १५ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा, प्रतिकित्ता कति ?



काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । साविकको एनसीसीको बैंकको नाममा रहेको १४ लाख ८३ हजार ३७८ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।

उक्त सेयरको न्यूनतम मूल्य ११० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सकिनेछ ।

सेयर खरिद गर्ने चाहने इच्छुक संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले जेठ १९ गतेसम्म सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । सेयरको आवेदन जेठ २१ गते बिहान ११ बजे सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा खोलिनेछ ।


प्रतिक्रिया दिनुहोस्