डिम्याट खाता संचालन बापतको शुल्क बुझाउन कामना सेवा विकास बैंकको अनुरोध « Arthapath.com
२२ जेष्ठ २०८०, सोमबार

डिम्याट खाता संचालन बापतको शुल्क बुझाउन कामना सेवा विकास बैंकको अनुरोध



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले हितग्राही (डिम्याट) खाताको वार्षिक संचालन शुल्क बुझाउन आग्रह गरेको छ ।

बैंकका शाखा कार्यालयहरु मार्फत डिम्याट खाता खोलि आफ्नो धितोपत्र कारोबार गरी रहेका ग्राहकलाई आर्थिक वर्ष २०७९।८० सम्म कारोबार बापतको १०० रुपैयाँ बुझाउन भनेको हो । उक्त रकम असार मसान्त भित्र बैंकको शाखा कार्यालय, इसेवा, आइएमई पे, खल्ती र कनेक्ट आइपीएस मार्फत शुल्क बुझाउन सकिनेछ ।

साथै, तोकिएको अवधिमा शुल्क नबुझाएमा २०८० साउन १ गतेबाट खाता स्वतः रोक्का रहने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्