मर्जपछि बन्ने ‘लक्ष्मी सनराइज’ बैंकको नयाँ संचालकको टुंगो, को-को आए ? « Arthapath.com
३ असार २०८०, आईतवार

मर्जपछि बन्ने ‘लक्ष्मी सनराइज’ बैंकको नयाँ संचालकको टुंगो, को-को आए ?



काठमाडौं । मर्जपछि बन्ने लक्ष्मी सनराइज बैंकको संचालकको टुंगो लागेको छ । आइतबार सम्पन्न विशेष साधारण सभाले नयाँ बन्ने बैंकमा ७ जना संचालकको टुंगो लगाएको हो ।

बैंकको संचालकमा लक्ष्मी बैंकको तर्फबाट ४ जना र सनराइजको तर्फबाट ३ जना रहनेछन् । लक्ष्मी बैंकको तर्फबाट रमण नेपाल (बैंकका हालका अध्यक्ष), डा. मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत संचालक बन्ने भएका हुन् ।

यता, सनराइजको तर्फबाट भने मोतीलाल दुगड (हालका अध्यक्ष), बच्छराज तातेड र मालचन्द दुगड संचालक रहनेछन् । यद्यपि, मर्जपछिको पहिलो साधारण सभासम्मका लागि उनीहरु संचालक रहनेछन ।

लक्ष्मी र सनराइज बैंक समान हैसियत अर्थात १:१ को अनुपातमा मर्जरमा जान लागेका हुन् । लक्ष्मी र सनराइज बैंक मर्जपछिको चुक्ता पुँजी २१ अर्ब ६७ करोड रुपैयाँ पुग्नेछ । यी दुवै बैंक एक आपसमा मर्जरमा जान गत पुस २५ गते प्रारम्भिक सम्झौता गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्