नाफामा मुक्तिनाथको अग्रता: गरिमा र शाइन रेसुङ्गाको प्रतिस्पर्धा, लुम्बिनीलाई पछ्याउदैं महालक्ष्मी « Arthapath.com
४ असार २०८०, सोमबार

नाफामा मुक्तिनाथको अग्रता: गरिमा र शाइन रेसुङ्गाको प्रतिस्पर्धा, लुम्बिनीलाई पछ्याउदैं महालक्ष्मी



काठमाडौं । चालु आर्थिक वर्ष २०७९।०८० को १० महिनामा सबै भन्दा बढी नाफा कमाउने विकास बैंकमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंशाख मसान्तसम्मका मुक्तिनाथ विकास बैंकले ९५ करोड ७२ लाख २ हजार रुपैयाँ मुनाफा गरेको हो ।

हाल संचालनमा रहेका राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्ष बैशाख मसान्तसम्ममा ४अर्ब १५ करोड ६० लाख ६ हजार रुपैयाँ नाफा कमाएका छन् ।

दोस्रो स्थानमा नाफा कमाउने गरिमा विकास बैंक भन्दा मुक्तिनाथ विकास बैंकको नाफा २६ करोड ७० लाख ६ हजार रुपैयाँले बढी हो । बैशाख समान्तसममको अवधिमा गरिमा विकास बैंकले ६९ करोड १ लाख ६ हजार रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तैगरी, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ६१ करोड ८३ लाख ३ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गरिमा विकास बैंकको नाफा भन्दा ७ करोड १८ लाख ३ हजार रुपैयाँले कम नाफा हो । विकास बैंकहरुमा चौथो नम्बरमा नाफा गर्नेमा लुम्बिनी विकास बैैंक रहेको छ । बैंकले सो अवधिमा ४७ करोड ७७ लाख ५ हजार रुपैयाँ नाफा कमाएको हो ।

साथै, महालक्ष्मी विकास बैंकले ४५ करोड ५६ लाख रुपैयाँ, कामना सेवा विकास बैंकले ३७ करोड ३ लाख ५ हजार रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकले २९ करोड ७३ लाख ३ हजार रुपैयाँ, ज्योति विकास बैंकले २८ करोड ९३ लाख २ हजार रुपैयाँ नाफा कमाएको छ ।


प्रतिक्रिया दिनुहोस्