नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको करिब साढे एक लाख कित्ता सेयर बिक्रीमा, कसरि दिने आवेदन ? « Arthapath.com
२८ असार २०८०, बिहीबार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको करिब साढे एक लाख कित्ता सेयर बिक्रीमा, कसरि दिने आवेदन ?



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको एक लाख ४४ हजार ५९ कित्ता सेयर बिक्री गर्ने लागेको हो ।

कम्पनीका संस्थापक सेयरधनी महेश कुमार श्रेष्ठले ८१ हजार ५३ कित्ता र कृष्णराज पौडेलले ६३ लाख ६ कित्ता सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असार २८ गते) ले ३५ दिन भित्र कम्पनीको सेयर शाखा लाजिम्पाट काठमाडौंमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधिमा सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्तसेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्