मलेसियाको म्याक्समनी कम्पनीलाई नेपालसँग रेमिट्यान्स कारोबार गर्न प्रतिवन्ध « Arthapath.com
२८ असार २०८०, बिहीबार

मलेसियाको म्याक्समनी कम्पनीलाई नेपालसँग रेमिट्यान्स कारोबार गर्न प्रतिवन्ध



काठमाडौं । नेपाल राष्ट्र बैंकले मलेसियाको म्याक्समनी (Max Money Sdn. Bhd., Malaysia) लाई नेपालसँग रेमिट्यान्स कारोबार गर्न प्रतिवन्ध लगाएको छ । राष्ट्र बैंकले बिहीबार एक सुचना जारी गर्दै नेपालकका बैंक तथा वित्तिय संस्था र रेमिट्यान्स कम्पनी लगायतका अनुमति प्राप्त संस्थाहरुलाई उक्त कम्पनीसँग कारोबार नगर्न भनेको हो ।

उक्त कम्पनीसँग कुनै पनि किमिमको रेमिट्यान्स कारोबार गर्न प्रतिवन्ध लगाइएको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकले यसअघि पनि २०७५ सालमा उक्त कम्पनीलाई प्रतिवन्ध लगाएको थियो । तर, बिभिन्न शर्त तोक्दै २०७६ माघमा प्रतिवन्ध फुकाइएको थियो । तर, कम्पनीले त्यसपछि पनि तोकिएको शर्त पुरा नगरेको राष्ट्र बैंकको भनाइ छ ।

त्यसैले उक्त कम्पनीलाई रेमिट्यान्स कारोबारमा प्रतिवन्ध लगाएको सुचनामा उल्लेख छ । नेपाली कम्पनीहरुले बाँकी भुक्तानी लिने बाहेक उक्त कम्पनीसँग अन्य कुनै पनि कारोबार गर्न नहुने बताइएको छ ।

यस्तो छ राष्ट्र बैंकको सुचना


प्रतिक्रिया दिनुहोस्