अब २५ लाख बढी ऋण लिँदा ‘प्यान’ अनिवार्य « Arthapath.com
१२ श्रावण २०८०, शुक्रबार

अब २५ लाख बढी ऋण लिँदा ‘प्यान’ अनिवार्य



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयन सुरु गरेको छ । गत आइतबार केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि मौद्रिक नीति जारी गरेको थियो ।

नीति मार्फत केन्द्रीय बैंकले २५ लाख रुपैयाँ वा सो भन्दा माथि ऋण लिँदा स्थायी लेखा नम्वर (प्यान) अनिवार्य गरेको छ । सोही व्यस्थालाई कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गरेको छ ।

सो निर्देशनमा बैंक तथा वित्तीय संस्थाहरुले छुट्टाछुट्टै वा एकमुष्ट गरी २५ लाख वा सोभन्दा बढी रकमको कर्जा कुनै व्यक्तिलाई प्रवाह गर्नुपरेमा त्यस्तो व्यक्तिले अनिवार्य रुपमा प्यान लिएको हुनुपर्ने उल्लेख गरिएको छ ।
यसअघि भने ५० लाख रुपैयाँसम्मको कर्जामा यस्तो व्यवस्था गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्