सिन्धु विकास बैंकको एक लाख ३४ हजार कित्ता सेयर बिक्रीमा, क-कस्ले दिन पाउनेछन् आवेदन ?

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंककले संस्थापक सेयरधनीको नाममा रेहको एक लाख ३४ हजार २३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिदकबो लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको कर्पोरेट कार्यालय बनेपा काभ्रेपलात्तचोकमा आफुले खरिद गर्ने सेयर कित्ता खुलाई आवेदन पेश गर्ने सक्नेछन् ।
साथै, तोकिएको अवधिमा सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्तसेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।