बैंकहरुको नाफा र आम्दानी बापत सरकारी ढुकुटीमा गयो साढे २९ अर्ब, कुन बैंकले कति तिरे आयकर ? « Arthapath.com
१३ असार २०८२, शुक्रबार

बैंकहरुको नाफा र आम्दानी बापत सरकारी ढुकुटीमा गयो साढे २९ अर्ब, कुन बैंकले कति तिरे आयकर ?



काठमाडौं । गत वर्ष वाणिज्य बैंकहरुले सरकारलाई साढे २९ अर्ब बढी रकम सरकारलाई बुझाएका छन् । संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले आम्दानी र नाफा मार्फत सरकारलाई एक वर्षमा २९ अर्ब ६० करोड ३१ लाख ९० हजार रुपैयाँ सरकारलाई बुझाएका हुन् ।

बैंकले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । तर, अघिल्ला वर्षहरुको तुलनामा बैंकहरुले आम्दानी र नाफाबाट सरकारलाई बुझाउने रकम भने सामान्य बढेको हो । अघिल्लो आवमा भने बैंकहरुले गरेको आम्दानीबाट आयकारका लागि २८ अर्ब ३७ करोड २६ लाख ६८ हजार रुपैयाँ खर्चिएका थिए ।

समिक्षा अवधिमा बैंकहरुको नाफा दोहोरो अंकले वृद्धि भएको छ । आम्दानीमा पनि सुधार नै छ । अघिल्लो आवको तुलनामा बैंकहरुले नाफा २५.१३ प्रतिशतले बढाए र गत वर्ष ७० अर्ब १७ करोड ५८ लाख रुपैयाँ कमाएका छन् । अघिल्लो आवको तुलनामा बैंकहरुको कुल संचालन आम्दानी पनि २६.७७ प्रतिशतले वृद्धि भई २ खर्ब २५ अर्ब ६० करोड ६० लाख रुपैयाँ पुगेको छ । बैंकहरुले आफ्नो आम्दानी र नाफाबाट सरकारलाई बुझाउनुपर्ने आयकर अघिल्लो आवको तुलनामा गत वर्ष भने ४.३४ प्रतिशतले मात्रै बढेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले आम्दानीको ३० प्रतिशत कर तिर्नुपर्ने पर्छ । बैंकहरुले करपछिको नाफामा १० प्रतिशत कर्मचारी बोनस छुट्याएपछि आउनेमा ३० प्रतिशत आय कर सरकारलाई बुझाउनु पर्ने प्रावधान छ ।

वाणिज्य बैंकहरुमा सरकारलाई सबैभन्दा धेरै आयकर नबिल बैंकले तिरेको छ । गत वर्ष बैंकले ३ अर्ब २५ करोड ७३ लाख रुपैयाँ बढी आयकर सरकारलाई बुझाएको हो । गत वर्ष बैंकले ७ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ ।

दोस्रो स्थानमा भने ग्लोलब आइएमई बैंक देखिएको छ । बैंकले गत वर्ष आम्दानी र नाफाबाट सरकारलाई २ अर्ब ८५ करोड ४ लाख रुपैयाँ बढी आयकर तिरेको छ । तेस्रो स्थानम भने राष्ट्रिय वाणिज्य बैंक देखिएको छ । बैंकले गत वर्ष २ अर्ब १० करोड ७३ लाख रुपैयाँ बढी आयकर सरकारलाई तिरेको हो ।बैंकहरुको वित्तीय विवरणअनुसार सबैभन्दा कम आयकर भने सिटिजन बैंकले बुझाएको छ । गत वर्ष बैंकले ७९ करोड ९५ लाख रुपैयाँ आयकर सरकारलाई बुझाएको हो ।

समिक्षा अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ८६ करोड ६५ लाख, एनआईसी एशियाले १ अर्ब ८२ करोड ६६ लाख, कृषि विकास बैंकले १ अर्ब ५४ करोड ६४ लाख, स्ट्याण्डर्ड चार्टर्डले १ अर्ब ५१ करोड ८ लाख, एनएमबि बैंकले १ अर्ब ४६ करोड ७५ लाख रुपैयाँ आयकर सरकारी ढुकुटीमा पठाएका छन् ।

त्यसैगरि एभरेष्ट बैंकले पनि आफ्नो नाफा र आम्दानी बापत १ अर्ब ४५ करोड ४२ लाख रुपैयाँ, सिद्धार्थले १ अर्ब ४० करोड ७९ लाख, प्रभुले १ अर्ब २४ करोड ८५ लाख, हिमालयनले १ अर्ब ६ करोड १३ लाख, सानिमाले १ अर्ब १२ करोड २७ लाख, कुमारीले १ अर्ब ११ करोड ६७ लाख, नेपाल बैंकले १ अर्ब ७ करोड ३१ लाख र प्राइम बैंकले १ अर्ब ७ करोड १५ लाख रुपैयाँ आयकर सरकारलाई बुझाएका छन् ।

यता, नेपाल एसबिआई बैंकले भने ९७ करोड ९० लाख रुपैयाँ, लक्ष्मी सनराइजले ९३ करोड ३३ लाख र माछापुच्छ्रे बैंकले ८० करोड १८ लाख रुपैयाँ सरकारलाई आयकर बुझाएका छन् ।

कसले कति तिरे ?


प्रतिक्रिया दिनुहोस्