१३ माइक्रोफाइनान्सको वित्तीय रिपोर्टः स्वाबलम्बनको मुनाफा उच्च, पछ्याउदैं फर्स्ट माइक्रोफाइनान्स, कुनको कति ?

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको मुनाफा ३३ करोड माथि रहेको छ । गत आर्थिक वर्ष २०७९।०८० को वित्तीय रिपोर्ट सार्वजनिक गरेका लघुवित्त मध्य कम्पनीको मुनाफा सबै भन्दा उच्च हो ।
हालसम्म १३ लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दा स्वालम्बन लघुवित्तको मुनाफा ३३ करोड ९४ लाख ७५ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा २१.२८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा २७ करोड ९९ लाख १ हजार रुपैयाँ रहेको थियो ।
मुनाफा घटे पनि नाफा बढी हुने कम्पनीमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था दोस्रो नम्बरमा रहेको छ । कम्पनीको मुनाफा १९ करोड ६९ लाख ३० हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा २३.३८ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा २५ करोड ७० लाख ५२ हजार रुपैयाँ रहेको थियो ।
हालसम्म सार्वजनिक रिपोर्ट अनुसार सबै भन्दा कम मुनाफा गर्ने कम्पनीमो गुराँस लघुवित्त वित्तीय संस्था रहेको छ । कम्पनीको मुनाफा २८ लाख ५३ हजार रुपैयाँ मात्र रहेको छ । अघिल्लो आवको भन्दा कम्पनीको मुनाफा ३१.०७ प्रतिशतले कम हो ।
लक्ष्मी लघुवित्त ८ करोड ३० लाख रुपैयाँ ऋणत्मक रहेको छ । सात कम्पनीको मुनाफा घटेको छ भने पाँच कम्पनीको नाफा घटेको छ ।
कुनको मुनाफा कति ?

पाँच कम्पनीको मुनाफा बढ्यो, किसान लघुवित्तको सर्वोधिक
संचालनमा रहेका लघुवित्तमा हालसम्म वित्तीय रिपोर्ट सार्वजनिक गर्ने गरेका मध्य किसान लघुवित्तको मुनाफा सर्वाधिक बढेको छ । गत आवको असार मसान्तसम्मको अवधिमा कम्पनीले मुनाफा १११०.६५ प्रतिशतले बढेको हो । कम्पनीको नाफा १ करोड ३६ लाख ३२ हजार रुपैयाँ रहेको छ ।
नाफा वृद्धि गर्ने कम्पनीमा दोस्रो नम्बरमा सपोर्ट लघुवित्त वित्तीय संस्था रहेको छ । कम्पनीको मुनाफा १३२.२२ प्रतिशतले बढेर २ करोड २७ लाख २६ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै क्रमशः सिवाइसी लघुवित्तको ९१.५५ प्रतिशतले बढेर ५६ लाख ३९ हजार रुपैयाँ, स्वाबलम्बन लघुवित्तको २१.२८ प्रतिशतले बढेर ३३ करोड ९४ लाख रुपैयाँ र आरएसडिसि लघुवित्तको ५.७ प्रतिशतले बढेर ११ करोड १६ लाख ४५ हजार रुपैयाँ नाफा रहेको छ ।

लक्ष्मीको मुनाफा ऋणत्मक, साता कम्पनीको नाफा घट्यो
वित्तीय रिपोर्ट सार्वजनिक गरेका मध्य लक्ष्मी लघुवित्तको मुनाफा भने ऋणत्मक देखिएको छ । कम्पनी ८ करोड ३० लाख ६४ हजार रुपैयाँ ऋणत्मक रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा १५ करोड ९० लाख ९० हजार रुपैयाँ रहेको थियो ।
नाफा सर्वाधिक गुमाउने कम्पनीमा भने हिमालयन लघुवित्त रहेको छ । कम्पनीको नाफा ७८.५ प्रतिशतले घटेर १ करोड ५३ लाख ७० हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमा भने कम्पनीको मुनाफा ७ करोड १४ लाख ९३ हजार रुपैयाँ रहेको थियो ।
नाफा घटाउने दोस्रो नम्बरमा गणपति लघुवित्त वित्तीय संस्था रहेको छ । कम्पनीको मुनाफा ६७.८३ प्रतिशत रहेको छ । संस्थाको मुनाफा ७० लाख २८ हजार रुपैयाँ रहेको छ ।
नाफा घटाउने कम्पनीमा क्रमशः कालिका लघुव्त्तिको ६४.०१ प्रतिशतले घटेर ४ करोड ६२ लाख ४३ हजार रुपैयाँ, उन्नती सहकार्य लघुवित्तको ६२.८४ प्रतिशतले घटेर ७६ लाख ४९ हजार रुपैयाँ, ग्लोबल आइएमई लघुवित्तको ४६.४४ प्रतिशतले घटेर १२ करोड ८७ लाख रुपैयाँ, गुरास लघुवित्तको ३१.०७ प्रतिशतले घटेर २८ लाख ५३ हजार रुपैयाँ, फर्स्ट माइक्रोफाइनान्सको २३.३८ प्रतिशतले घटेर १९ करोड ६९ लाख ३० हजार रुपैयाँ रहेको छ ।
