यसरी थपिँदै छ बैङ्किङ क्षेत्रमा ६७ अर्ब निक्षेप  « Arthapath.com
१३ असार २०८२, शुक्रबार

यसरी थपिँदै छ बैङ्किङ क्षेत्रमा ६७ अर्ब निक्षेप 



काठमाडौं । स्थानीय तहको ६० प्रतिशत रकम पुनः निक्षेपमा गणना गर्न पाउने सरकारको पछिल्लो नीतिले बैङ्किङ सो बराबरको निक्षेप थपिने भएको छ । 

अहिले बैङ्कहरूमा स्थानीय तहको ११० अर्ब भन्दा बढी पैसा छ । त्यसको ६० प्रतिशत रकम निक्षेपमा थपिने बताइएको छ । गत असारसम्म सम्म स्थानीय तहको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाइने व्यवस्था थियो । त्यसले तरलता व्यवस्थापनमा बैङ्कहरूलाई सहज भएको थियो । त्यसको म्याद थप नगर्दा निक्षेपबाट झन्डै ९० अर्ब हाराहारी पैसा निस्केको थियो । 

त्यसपछि यसलाई निरन्तरता दिन बैंकरहरूले लबिङ गर्दै आएका थिए । त्यसपछि अर्थमन्त्री प्रकाशहरण महतले गत आइतबार स्थानीय तहको ६० प्रतिशत पैसा निक्षेपमा गणना गर्न दिने निर्णय गरेका छन् । हाल यो कार्यान्वयनमा चरणमा छ । बैङ्कहरूले यो सुविधा आगामी चैत मसान्तसम्म पाउने छन् । 

अहिले बैङ्किङ प्रणालीमा ५६ खर्ब १३ अर्ब निक्षेप छ । असारअघि ५७ खर्ब माथि पुगेको निक्षेप साउन यता घटेको छ । निर्माण कम्पनी लगायतका कम्पनीले सरकारबाट पाएको भुक्तानीबाट आफ्नो व्यवसायीक भुक्तानी गरिसकेको छैनन् । त्यसले गर्दा अझै निक्षेप घट्ने सम्भावना छ । त्यो अवस्थामा बैङ्कहरूलाई तरलता व्यवस्थापन गर्न चुनौती हुने देखिएको थियो । त्यसैले बैङ्कहरूले स्थानीय तहको पैसा पुनः निक्षेपमा गणना गर्न पाउनुपर्ने माग गर्दै आएका थिए ।


प्रतिक्रिया दिनुहोस्