एनआईसी एशिया बैङ्कका सेयरधनी २० वर्षमा दुई पटक मात्रै निराश, तर सधैँ बाँड्यो उच्च लाभांश  « Arthapath.com
२९ भाद्र २०८०, शुक्रबार

एनआईसी एशिया बैङ्कका सेयरधनी २० वर्षमा दुई पटक मात्रै निराश, तर सधैँ बाँड्यो उच्च लाभांश 



काठमाडौं । एनआईसी एशिया बैङ्कले २० वर्षको अवधिमा दुई पटक मात्रै सेयरधनीहरुलाई निराश बनाएको छ । लाभांश इतिहासमा एनआईसी एशियाले अघिल्ला दुई आर्थिक वर्षमा सेयरधनीहरुको हात रित्तो बनाएको थियो । 

बैकले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा कुनै पनि लाभांश बाँडेको थिएन । दुई वर्षपछि शुक्रवार (भदौ २९ गते) भने बैङ्कले ३०.५२६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बैङ्कको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५२६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त प्रस्तावित लाभांश अब नियामक निकाय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भई बैङ्कको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । 

बैङ्कको २० वर्षे लाभांश इतिहासमा आर्थिक वर्ष २०७४/७५ मा १०.५३ प्रतिशत र आव २०६२/६३ मा  पनि १०.५३ प्रतिशत  मात्रै लाभांश बाँडेको थियो । तर, त्यस बाहेकका वर्षमा सधैँ उच्च दरमा नै लाभांश वितरण गरेको देखिन्छ । 

बैङ्कले आव २०६१/६२ मा १० प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस गरी कुल ३० प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस आवदेखि हालसम्म आइपुग्दा सबैभन्दा धेरै लाभांश २०७१/७२ मा ४१.०५ प्रतिशत लाभांश बाँडेको थियो । 

बैङ्कले आव २०६५/६६ मा पनि १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो । तर, अन्य आवमा भने बैङ्कका सेयरधनीहरुले प्रत्येक वर्ष २० प्रतिशत भन्दा बढी लाभांश पाएका छन् । 

कुन वर्ष कति बाँड्यो लाभांश ?


प्रतिक्रिया दिनुहोस्