वाणिज्य बैंकहरुको नयाँ ब्याजदर: कसले कति दिने ? यी हुन् ब्याजदर घटाउने र बढाउने बैंकहरु « Arthapath.com
३१ भाद्र २०८०, आईतवार

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर: कसले कति दिने ? यी हुन् ब्याजदर घटाउने र बढाउने बैंकहरु



काठमाडौं । वाणिज्य बैंकहरुले नयाँ ब्याजदर तोकेका छन् । बैंकहरुले आगामी असोज महिनाका लागि नयाँ ब्याजदर कायम गरेका हुन् ।

भदौ महिनाको तुलनामा केही बैंकहरुले ब्याजदर घटाएका छन् । नयाँ ब्याजदर अनुसार केहीले बैंकहरुले बढाएका छन् भने केहीले भदौ महिनाकै ब्याजदर यथावत राखेका छन् ।

नयाँ ब्याजदर अनुसार चार वटा बैंकहरुले भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । संचालनमा रहेका मध्ये ६ वटा बैंकहरुले ब्याजदर वृद्धि गरेका छन् भने बाँकीले घटाएका छन् ।

असोज महिनामा बैंकहरुले मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ अधिकतम ११.०५४ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । संस्थागत तर्फ भने ९.०५४ प्रतिशत ब्याज दिने भएको हो ।

चार बैंकको ब्याजदर यथावत
असोजका लागि प्रभु, एनएमबि, माछापुच्छ्रे र सिद्धार्थ बैंकले भदौ महिनाकै ब्याजदर कायम गरेका छन् । असोजमा प्रभुले मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ अधिकतम १० प्रतिशत र संस्थागत तर्फ ८ प्रतिशत ब्याजदर कायम गरेको छ।

यस्तै, एनएमबिले व्यक्तिगत तर्फ ९.९९ प्रशित र संस्थागत तर्फ ७.९९ प्रतिशत, माछापुच्छ्रे बैंकले व्यक्तिगत तर्फ ९.९९ प्रतिशत र संस्थागत तर्फ ७.४९ प्रतिशत र सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागत तर्फ ७.९९ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

वाणिज्य बैंकले बढाए ब्याजदर

असोज महिनाका लागि पाँच वटा बैंकहरुले ब्याजदर वृद्धि गरेका छन् । भदौ महिनाको तुलनामा हिमालयन, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट मेगा, प्राइम, स्ट्याण्डर्ड चार्टर्ड र नबिल बैंकले ब्याजदर वृद्धि गरेका छन् ।

हिमालयन बैंकले असोजका लागि १.०६४ प्रतिशतले ब्याजदर वृद्धि गरेको छ । असोजमा बैंकले मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ११.०५४ प्रतिशत र संस्थागत तर्फ ९.०५४ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ ।

भदौको तुलनामा एभरेष्ट बैंकले पनि १.०५४ प्रतिशतले ब्याजदर वृद्धि गरेको छ। असोजका लागि बैंकले व्यक्तिगत तर्फ ११.०५४ प्रतिशत र संस्थागत तर्फ ९.०५४ प्रतिशत ब्याज प्रदान गर्ने भएको हो ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १.०४ प्रतिशतले ब्याजदर वृद्धि गरेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत तर्फ ११.०३ प्रतिशत र संस्थागत तर्फ ९.०३ प्रतिशत ब्याज दिने भएको हो ।

असोज महिनाका लागि प्राइम बैंकले कमर्सियल बैंकले ०.८५८ प्रतिशतले ब्याजदर बढाएको छ। बैंकले मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ११.३५८ प्रतिशत र व्यक्तिगत तर्फ ९.३५८ प्रतिशत ब्याज प्रदान गर्ने भएको हो ।

यता, नबिल बैंकले पनि भदौको तुलनामा ०.५६४ प्रतिशतले ब्याजदर बढाएको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत तर्फ ११.०५४ प्रतिशत र संस्थागत तर्फ ९.०५४ प्रतिशत ब्याज दिने भएको हो । यस्तै, नेपाल एसबिआईले पनि भदौ महिनाको तुलनामा ०.०१ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्डले ०.३७ प्रतिशतले ब्याजदर वृद्धि गरेको छ।

आधा दर्जन ब्याजदर घट्यो

असोज महिनाका लागि लागू ब्याजदरमा आधा दर्जन बैंकले घटाएर सार्वजनिक गरेका छन् । नेपाल बैंक, सिजिटन, कुमारी, राष्ट्रिय वाणिज्य, लक्ष्मी सनराइज र ग्लोबल आइएमई बैंकले ब्याजदर घटाएका हुन् ।

भदौको तुलनामा नेपाल बैंकले १.६०३ प्रतिशतले ब्याजदर घटाएको छ । असोजमा बैंकले मुद्दति निक्षेपको व्यक्तिगत तर्फ ९.२९३ प्रतिशत र संस्थागत तर्फ ७.२९३ प्रतिशत ब्याज प्रदान गर्ने भएको हो ।

यस्तै, सिटिजन बैंकले पनि असोजमा व्यक्तिगत तर्फ १०.०५ प्रतिशत र संस्थागत तर्फ ८.०५ प्रतिशत ब्याजदर कायम गरेको छ। जुन, भदौ महिनको तुलनामा ०.८४६ प्रतिशतले घटेको हो ।

यस्तै, कुमारी बैंकले असोज महिनाका लागि व्यक्तिगत तर्फ १०.११ प्रतिशत र संस्थागत तर्फ ८.११ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत तर्फ ९.५ प्रतिशत र संस्थागत तर्फ ७.५ प्रतिशत र लक्ष्मी सनराइजले व्यक्तिगत तर्फ १० प्रतिशत र संस्थागत तर्फ ८ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ ।

यता, ग्लोबल आइएमई बैंकले ०.३९६ प्रतिशतले ब्याजदर घटाएको छ। बैंकले असोज महिनाका लागि मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ १०.५ प्रतिशत र संस्थागत तर्फ ८.५ प्रतिशत ब्याज दिने भएको हो । यस्तै, कृषि विकास बैंकले पनि ०.८९ प्रतिशत, सानिमाले ०.९५ प्रतिशतले ब्याजदर घटाएका छन् ।


प्रतिक्रिया दिनुहोस्