बैंकिङ सेवाको मेरुदण्ड सरकारी बैंक नै हुन्, कृषि बैंक अत्याधुनिक सेवामा तत्पर छ: उप–महाप्रवन्धक न्यौपाने « Arthapath.com
२ आश्विन २०८०, मंगलवार

बैंकिङ सेवाको मेरुदण्ड सरकारी बैंक नै हुन्, कृषि बैंक अत्याधुनिक सेवामा तत्पर छ: उप–महाप्रवन्धक न्यौपाने



काठमाडौं । कृषि विकास बैंकका उप–महाप्रवन्धक यज्ञ प्रकाश न्यौपानेले सरकारी बैंकको कारोबारमा सर्वसाधारणको सकरात्मक धारणा बन्दै गएको बताए ।

पछिल्लो समय सरकारी बैंकहरुले गुनासो रहित, शुरक्षित र भर्पर्दाे बैंकिङ्ग सेवामा अग्रसर रहेकाले पनि ग्राहकमा सकारात्मक धारणा सृजना भएको उनको भनाई छ ।

कृषि विकास बैंक र घरघरमा डाक्टर प्रा.लिबीच सम्पन्न एक व्यवासयिक सम्झौता समारोहमा उप–महाप्रबन्धक न्यौपानेले यस्तो बताएका हुन् ।

सरकारी बैंकहरु नै देशमा बैंकिङ्ग सेवाको मेरुदण्ड हुने गरि प्रभावकारी कारोबार गर्नुपर्ने न्यौपानेले बताए । उनले भने,–‘बैंकिङ बजारमा सरकारी बैंकको कारोबारका सम्वन्धमा सकारात्मक धारणा सृजना हुँदै गइरहेको छ । अब सरकारी बैंक नै देशको बैंकिङ सेवाको मेरुदण्ड हुने गरी दिगो प्रभावकारी कारोवार गर्नुपर्छ ।’

सोही अवसरमा कृषि विकास बैंकले अत्याधुनिक बैंकिङ्ग सेवामा तत्पर रहेको उनको भनाई छ । उनले भने,–‘बैंकले व्यासायिक विविधता कायम गर्दै बैंकिङ बजारमा आफ्नो उपस्थितीलाइ दरिलो बनाउदै लगेको छ । हामी उत्कृष्ट बैंकिङ्ग सेवामा अग्रसर नै छौं । पछिल्लो समय सरकारी बैंकप्रतिको विश्वास थप मजबुत हुने गरि कृषि विकास बैंकले सेवा प्रदान गरिरहेको छ ।’

बैंकले घर घरमा डाक्टर प्रालिसंग व्यावसायिक सहकार्यको सम्झौता भएको गरेको हो । अब रोग निधान तथा प्रतिरक्षाका लागि सरसल्लाह सहितको उपचारको प्रवन्ध घरघरमा डाक्टर प्रालिले गर्ने छ । यता, कृषि विकास बैंकले भने घरघरमा डाक्टर कम्पनीका ग्राहकहरुको पाँच लाखको दुर्घटना बीमा सहितको बैंक खाता खोली कारोवारमा सहजता कायम गर्नेछ ।

उक्त सम्झौता पत्रमा घरघरमा डाक्टर प्रा.लि.का अध्यक्ष हेमा जि.सि र कृषि बिकास बैंक लि.का उप–महाप्रवन्धक यज्ञ प्रकाश न्यौपानेले हस्ताक्षर गरेका छन ।

बैंकले घरघरमा डाक्टर प्रा.लि.का सेवाग्राहीहरुको ५ लाख वरावारको दुर्घटना वीमा सहितको बैंक खाता खोल्ने छ भने घरघरमा डाक्टर प्रा.लि.का कर्मचारीहरुका लागि विनाधितो कर्जा दिनेछ । यस अतिरित्त तलव खातामा बैंकका विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने छ । घरघरमा डाक्टर प्रा.लि.ले संचालन गर्ने तालिम र सेमिनारमा बैंकका तालिम केन्द्र लगायतका पूर्वाधार प्रयोग गर्दा बैंकले तालिम संचालनमा जारी गरेको दरमा ५० प्रतिशत छुट दिनेछ ।


प्रतिक्रिया दिनुहोस्