नाफामा पहिलो बन्यो ग्लोबल आइएमई  बैङ्क : नबिल र एनआइएमबि बिच टक्कर, कुन बैंकले कति कमाए ? « Arthapath.com
८ आश्विन २०८०, सोमबार

नाफामा पहिलो बन्यो ग्लोबल आइएमई  बैङ्क : नबिल र एनआइएमबि बिच टक्कर, कुन बैंकले कति कमाए ?



काठमाडौँ । वाणिज्य बैङ्कहरूले एक महिनामै साढे ८ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैङ्कबाट प्राप्त चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । 

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैङ्कहरूले साउनमा ८ अर्ब ५२ करोड ४९ लाख रुपैयाँ बढी नाफा कमाएका हुन् । राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार सबैभन्दा धेरै नाफा ग्लोबल आइएमई बैङ्कले कमाएको छ । ग्लोबल आइएमईले एक महिनामै ९९ करोड २३ लाख रुपैयाँ नाफा कमाएको हो । अन्य सूचकहरूमा पनि बलियो बैङ्कको रूपमा परिचित ग्लोबल नाफामा पनि अब्बल नै छ । 

साउनमा दोस्रो धेरै नबिल बैङ्कले कमाएको छ । नबिलले एक महिनामै ७५ करोड ५५ लाख रुपैयाँ बढी नाफा कमाएको छ । तथ्याङ्क अनुसार नाफा नबिल र नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क(एनआईएमबि) बिच टक्कर देखिएको छ । समीक्षा महिनामा एनआइएमबीले पनि ७४ करोड ७९ लाख रुपैयाँ बढी नाफा कमाएको छ । 

यस्तै, धेरै नाफा कमाउनेको चौथो स्थानमा भने हिमालयन बैङ्क देखिएको छ । समीक्षा अवधिमा हिमालयन बैङ्कले पनि ६३ करोड १२ लाख रुपैयाँ नाफा कमाएको छ । पाचौं नम्बरमा रहेको कुमारी बैङ्कले गत साउनमा ५७ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ । 

यता, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैङ्कले ४४ करोड ७० लाख रुपैयाँ, प्राइम कमर्सियलले ४२ करोड ४८ लाख, लक्ष्मी सनराइजले ४१ करोड ५४ लाख, एनएमबिले ३८ करोड ३१ लाख, एभरेष्टले ३६ करोड ७६ लाख, नेपाल बैङ्कले ३६ करोड ४ लाख र कृषि विकास बैङ्कले ३३ करोड १६ लाख रुपैयाँ नाफा कमाएका छन् । 

यस्तै, समीक्षा अवधिमा प्रभु बैङ्कले २९ करोड ९८ लाख रुपैयाँ, सिद्धार्थ बैङ्कले २९ करोड ९६ लाख, स्ट्याण्डर्ड चार्टर्डले २६ करोड ७८ लाख, सानिमाले २५ करोड १९ लाख रुपैयाँ, सिटिजनले २४ करोड ७६ लाख, माछापुच्छ्रे बैंकले १८ करोड ८६ लाख, नेपाल एसबिआइएले १६ करोड ५ लाख रुपैयाँ नाफा कमाएका छन् । 


प्रतिक्रिया दिनुहोस्