सिद्धार्थ बैंकले गर्यो लाभांश घोषणा, सेयरधनीहरुलाई नगद मात्र

काठमाडौँ । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
बैंकको असोज २४ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई करसहित ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांंश नियामक नेपाल राष्ट्र बैंकले स्वीकृत गरी कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरलाई वितरण गरीनेछ ।