अधिकांश बैंकहरुले घटाए ब्याजदर: केहीको एकल अंकमा झर्‍यो, कुनले कति कायम गरे ? « Arthapath.com
१२ असार २०८२, बिहीबार

अधिकांश बैंकहरुले घटाए ब्याजदर: केहीको एकल अंकमा झर्‍यो, कुनले कति कायम गरे ?



काठमाडौँ । अधिकांश बैङ्कहरूले ब्याजदर घटाएका छन् । बैङ्कहरूले भोलि अर्थात् कात्तिक १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर कायम गरेका छन् । 

मङ्गलवार बैङ्कहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार १४ वटा बैङ्कले घटाएका छन् । चार वटा बैङ्कले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका भने दुई वटाले वृद्धि गरेका छन् । अधिकांश बैङ्कको ब्याजदर एकल अंकमा देखिएको छ।  

कात्तिक महिनामाका लागि ब्याजदर बढाउनेमा एनएमबि बैङ्क र नेपाल एसबिआई बैङ्कले बढाएका हुन् । एनएमबि बैङ्कले कात्तिकमा १.०१३ प्रतिशत बढाएर व्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत पुर्‍याएको छ । यसअघि बैङ्कले असोजमा व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत ब्याजदर तोकेको थियो । आगामी कात्तिकका लागि नेपाल एसबिआई बैङ्कले ०.७ प्रतिशत बढाएर व्यक्तिगततर्फ १०.७ प्रतिशत र संस्थागततर्फ ८.७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । तर, असोजमा भने बैङ्कले व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर तोकेको थियो ।

कात्तिक महिनाका लागि सिद्धार्थ बैङ्क, माछापुच्छ्रे, लक्ष्मी सनराइज र राष्ट्रिय वाणिज्य बैङ्कले भने असोजकै ब्याजदरलाई यथावत् राखेका छन् । कात्तिकमा सिद्धार्थ बैङ्कले व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत, माछापुच्छ्रेले व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत, लक्ष्मी सनराइज बैङ्कले व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत र राष्ट्रिय वाणिज्य बैङ्कले व्यक्तिगततर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याजदर तोकेका छन् । 

१४ वटा बैङ्कले घटाए ब्याजदर,  कसले कति  ?

कात्तिक महिनाका लागि एभरेष्ट बैङ्कले ब्याजदर १.८३ प्रतिशत घटाएको छ । बैङ्कले व्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । तर, असोजमा भने बैङ्कले व्यक्तिगततर्फ ११.०५४ प्रतिशत र संस्थागततर्फ ९.०५४ प्रतिशत ब्याज प्रदान गरिरहेको थियो । 

कात्तिक महिनाको लागि प्राइम कमर्सियल बैङ्कले १.१० प्रतिशत घटाएको छ । असोजमा असोजमा व्यक्तिगततर्फ ११.३५८ प्रतिशत र संस्थागततर्फ ९.३५८ प्रतिशत ब्याजदर तोकेको थियो । कात्तिकमा व्यक्तिगततर्फ १०.२५ प्रतिशत र संस्थागततर्फ ८.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।  

यता, नबिल बैङ्कले पनि १.०५४ प्रतिशतले ब्याजदर घटाएको छ । व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । नबिलले असोजमा व्यक्तिगततर्फ ११.०५४ प्रतिशत र संस्थागततर्फ ९.०५४ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

त्यसैगरि नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कले १.०२ प्रतिशत ब्याजदर घटाएको छ । कात्तिकका लागि व्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत ब्याजदर तोकेको छ । 

प्रभु बैङ्कले कात्तिकमा ०.७७६ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत, सानिमा बैङ्कले कात्तिकमा ०.७२९ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत, ग्लोबल आइएमईले ०.५ प्रतिशत घटाएर व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर तोकेको छ । 

यस्तै, कात्तिक महिनाका लागि कृषि विकास बैङ्कले ०.२५१ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९.७६ प्रतिशत र संस्थागततर्फ ७.७६ प्रतिशत, कुमारीले ०.१ प्रतिशत घटाएर व्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत, सिटिजन्सले ०.०९ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९.९६ प्रतिशत र संस्थागततर्फ ७.९६ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले ०.७ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९.२२ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत, नेपाल बैङ्कले ०.०६९ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत, हिमालयन बैङ्कले ०.०५१ प्रतिशत घटाएर व्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत र एनआईसी एशिया बैङ्कले ०.०५१ प्रतिशत घटाएर व्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याजदर तोकेको छ । 


प्रतिक्रिया दिनुहोस्