सिटिजन र एभरेष्ट बैंकका सेयरधनीहरुलाई दसैंअघि नै दक्षिणा, दुवै बैंकले सेयरधनीको खातामा पठाए लाभांश « Arthapath.com
१२ असार २०८२, बिहीबार

सिटिजन र एभरेष्ट बैंकका सेयरधनीहरुलाई दसैंअघि नै दक्षिणा, दुवै बैंकले सेयरधनीको खातामा पठाए लाभांश



काठमाडौं । सिटिजन र एभरेष्ट बैंकले सेयरधनीहरुलाई लाभांश वितरण गरेका छन् । यी दुई बैंकले आफ्नो सेयरधनीहरुको खातामा लाभांश रकम पठाएका हुन्।

दसैंको मुखैमा लाभांश सम्वन्धित सेयरधनीहरुको खातमा पठाएका बैंकहरुले जनाएको छ । लाभांश आफ्नो खातामा आएपछि सेयरधनी पनि मख्ख छन् । दक्षिणा स्वरुपमा लाभांश पाउँदा सेयरधनीहरु पनि खुशी छन् ।

सिटिजन बैंकले गत मंगलबार नै पठाएको थियो । बैंकले यो वर्ष ५.७९ प्रतिशत नगद लाभांश बाँडेको हो । सिटिजन बैकको गत असोज २६ गते बसेको साधारण सभाले पारित गरेपछि सो लाभांश वितरण गरेको हो ।

यता, एभरेष्ट बैंकले पनि २० प्रतिशत लाभांश बाँडेको छ । बैंकले आफ्ना सेयरधनीहरुको खातमा नगद लाभांश पठाएको हो । यो वर्ष बैंकले आफना सेयरधनीलाई १०.५३ प्रतिशत नगल लाभांश बाँडेको छ । बैंकले बोनस सेयर धने १० प्रतिशत दिएको छ ।

लाभांश घोषणा गरेका अन्य बैंकहरुले पनि साधारण सभाबाट पारित गरेका छन् । तर, सेयरधनीहरुको खातामा भने पठाएका छैनन् । ती बैंकहरुले पनि अब क्रमश: सेयरधनीको खातामा लाभांश पठाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्